उपत्यकामा थपिए ६ सय ६ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लाे २४ घण्टामा  २ सय ४७ महिला र ३ सय ५९ जना पुरुष गरी ६०६ जनाकाे काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ४०, भक्तपुरमा ४१ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै शुक्रबार देशभर १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Comments