‘रअ’ प्रमुख भ्रमणको रिजल्ट आइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री (नरेन्द्र मोदी) को सन्देश लिएर आएको बताएका छन् ।

संसदीय समितिमा सत्तारुढ दल नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो जवाफ दिएका हुन् ।

सांसदहरू पुरानै कुरामा अडेर बसेको व्यंग्य गर्दै उनले भने–‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू । उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन । प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो ।’

रावल र कांग्रेस सांसद प्रकाशमान सिंहले गोयलको भ्रमण पारदर्शी नभएको भन्दै प्रश्न उठाएका हुन् । दुई देशबीच सम्बन्ध तिक्त रहेको बेला अन्य विकल्प लगाएर छलफल हुने गरेको भन्दै ज्ञवालीले यसलाई ठूलो विषय बनाउनु नपर्ने पनि बताए ।

उनले भने–‘कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्उ । नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र रु त्यसकारण यसलाई (सामन्तकुमार गोयलको भ्रमण) ठूलो विषय बनाउनु पर्दैन ।’

गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेको कुरा सार्वजनिक गरिएकाले गोयलको भ्रमण र प्रधानमन्त्रीसँगको भेटलाई अपारदर्शी भएको भन्न नमिल्ने ज्ञवालीको तर्क थियो ।

Facebook Comments