३ सय रूपैयाँले बढ्यो सुनकाे मूल्य

काठमाडौं । शुक्रबार पनि सुनको मूल्य बढेको छ।

बिहिबार प्रतितोला १ हजार ६ सय रूपैयाँले बढेको सुनकाे मूल्य शुक्रबार प्रतितोला ३ सय रुपैयाँ बढेको हो।

आज ३ सय बृद्धि भएको सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ।

यता चाँदीको मूल्य पनि १५ रुपैयँले बढेर प्रतितोला एक हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

Facebook Comments