काठमाडौंमा उपत्यकामा थपिए ५६१ काेराेना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २५० महिला र ३११ पुरुष गरी ५६१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १० हजार ९४० जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४५५, ललितपुरमा २६ र भक्तपुरमा ८० जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ५, ललितपुमा १ र भक्तपुरमा १ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८९ हजार २८८ जना संक्रमित भएका छन्, जसमध्ये ३९३ जनाको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ५१९ जना संक्रमित भएका छन्। जसमा ११७ जना संक्रमितको मृत्यु भएको छ। भक्तपुरमा ८ हजार ५३ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.