नेविसंघद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । नेपाल बिद्यार्थी संघ इलामले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पुत्ला दहन गरेकाे छ ।

सरकारले अनेकाैं बहानामा जनतालाई दुख दिएको भन्दै बिहीबार इलामकाे चोकबजारमा प्रधानमन्त्री र गृहमन्त्रीकाे पुत्ला दहन गरेका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले तनहुमा नियन्त्रणमा लिएको बिरोधमा कांग्रेस कार्यकर्ताहरू देशैभर आन्दोलित भएका छन् ।

उनीहरुले ओली सरकार निरनकुस भएको र प्रहरीलाई आफु अनुकुल परिचालन गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबिरुद्ध चर्का नारा समेत लगाएका थिए ।

Facebook Comments