थप १३ जनाकाे काेराेनाबाट मृत्यु

काठमाडौं । थप १३ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाठ मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै नेपालमा बिहीबार थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार १११ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २० हजार २७२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

Facebook Comments