थप १३४३ जनामा काेराेना संक्रमण, २१११ जना डिस्चार्ज, १३ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार १११ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २० हजार २७२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै हिजाे बुधबार नेपालमा १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

Facebook Comments