काठमाडाैं । प्रदेश नम्बर २ सरकारले संघीय सरकारले हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ को परिपत्र र समृद्ध तराई मधेस सिँञ्चाइ विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै रिट दायर गरेका हुन् ।
मन्त्री सोनले दायर गरेको रिटको पेशी मंसिर २६ गतेलाई ताेकिएको छ । प्रदेश २ सरकारले यसअघि पनि संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरेकाे थियाे ।
प्रदेश २ सरकारले संविधानको अनुसूची ६ अनुसार प्रदेशको अधिकार क्षेत्रमा पर्ने काममा संघीय सरकारले हस्तक्षेप गरेको बताएको छ ।
Facebook Comments