गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ ।

बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत राखेर प्रहरीले गिरफ्तार गरेको भन्दै संघले गृहमन्त्रीको राजीनामा मागेकाे हाे ।

‘दोषी उपर कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको राजीनाको समेत माग गर्दछ’ महिला संघकी अध्यक्ष उमा रेग्मीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले लोकतन्त्रको खोल ओढेर बर्बर तानाशाही प्रवृत्तिको आक्रमण गरेको संघको ठहर छ ।

दमौलीस्थित बुल्दीखोला उदघाटन गर्न गएका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा राखेर तीन घण्टापछि छोडेको थियो ।

नेता पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।

Facebook Comments