छोरी बलात्कार आरोपमा बाबु पक्राउ

सर्लाही । सर्लाहीमा छोरीलाई बलात्कार गरेको आराेपमा प्रहरीले बाबुलाई पक्राउ गरेकाे छ ।

भारतको मुजफ्फरपुर घर भई ससुराली हरिपुर नगरपालिका-६ लक्ष्मीपुर, कोद्राहामा बस्दै आएका ३५ वर्षीय पुरुषले ६ वर्षीय छाेरीलाई पटकपटक बलात्कार गरेकाे खुलेकाे हो ।

मंसिर १२ गते राति इँटा उद्योगको परिसरमा रहेको झुपडीमा सुतिरहेका बेला छोरीलाई बाहिर लगेर बलात्कार गरेको भन्दै बालिकाकी आमाले इलाका प्रहरी कार्यालय हरिपुरमा मौखिक उजुरी गरेकी थिइन् ।

त्यही सूचनाका आधारमा प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

अनुसन्धानका क्रममा तीन साता अघि पनि ती पुरुषले छोरीलाई करणी गरेको पाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments