सन्दीप लामिछाने कोरोना मुक्त

काठमाडाैँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त भएका छन् ।

उनी १० दिनको आइसोलेसन बसाइपछि कोरोनामुक्त भएका हुन् ।

आइसोलेसनमा बसिरहेको अवस्थामा स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी गत शनिबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

कोरोनामुक्तसँगै सन्दीप नेपाल क्रिकेट संघ (क्यान)ले बोलाएको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

केही दिन बन्द प्रशिक्षणमा बिताएपछि उनी बिग बास लिग (बीबीएल)को १० औँ सिजन खेल्न अष्ट्रेलिया जाने छन् । उनी यो पटक होबार्ट हरिकेन्सबाट बीबीएल खेल्न लागेका हुन् ।

Facebook Comments