काठमाडौं उपत्यकामा थपिए ७२३ जना संक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा थप ७२३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

उपत्यकामा पछिल्लो २४ घण्टामा ३९८ पुरुष र ३२५ महिला काेराेना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६६५०, भक्तपुरमा ५७५ र ललितपुरमा १४०४ जना सक्रिय संक्रमित छन् ।

 यस्तै नेपालमा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ५६७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १८ हजार १७१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।

Facebook Comments