२४ घण्टमा १४९० जनामा संक्रमण, १५६७ जना डिस्चार्ज, ९ जनाकाे मृत्यु

काठमाडौं । यस्तै नेपालमा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ५६७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १८ हजार १७१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै हिजाे मंगलबार नेपालमा १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

Facebook Comments