काठमाडाैं । पाल्पामा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
पाल्पा र स्याङजाका थप एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएकाे लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले जनाएकाे छ।
पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए ।
मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
Facebook Comments