कलाकार भारती सिंहको जमानत खारेज गर्न एनसीबीको अपिल

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एनडीपीएस कार्ट (मादक पदार्थ निषेध कानूनलाई आधार बनाएर काम गर्ने अदालत) मा हास्यकलाकार भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न अपिल गरेको छ ।

भारती सिंह र उनका श्रीमानलाई २१ नोभेम्बरमा एनसीबीले पक्राउ गरेको थियो । त्यतिबेला एनसीबीले भारती सिंहको घरमा भएको छापामारीमा ८६.५ ग्राम गाँजा बरामद भएको बताएको थियो । तर यी दुबैलाई १५–१५ हजार जमानत लिएर छोडिएको थियो ।

अब एनसीबीले एनडीपीएस कोर्टसमक्ष भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न गुहार लगाएको छ र एनसीबीलाई सोधपुछका लागि सुम्पन आग्रह गरेको छ । अदालतले भारती सिंह र उनका श्रीमानलाई नोटिस पठाएको छ र अर्को हप्ता यो मामिलामा सुनुवाई हुने सम्भावना छ ।

Facebook Comments