काठमाडौं उपत्यकामा कोरोनाको मास परीक्षण

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा साेमबारबाट कोरोनाको मास परीक्षण सुरु गर्ने भएको छ ।

काठमाडौंका मुख्य हटस्पट मानिएका क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा सोमबारबाट नै परीक्षण सुरु हुने भएकाे हाे ।

महाशाखाका निर्देशक डा. बाशुदेव पाण्डेले दिएकाे जानकारी अनुसार पछिल्लो समय संक्रमितहरु सरकारकाे सम्पर्कमा कम आउन थालेपछि मास परीक्षण सुरू नर्न लागिएकाे हाे ।

जसमा अहिले कोरोना संक्रमण धेरै देखिएका स्थानहरु कलंकी, बुढानिलकण्ठ, सोह्रखुटेलगायतका स्थान छन् ।

Facebook Comments