चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न पुगेका फणिन्द्र नेपाल पक्राउ

काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई पक्राउ परेका छन् ।

नेपाललाई प्रहरीले त्रिभुवन विमानस्थलबाट ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई लक्षित गरेर सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले नेपाल भ्रमण गरेको दुई दिनपछि वेईको नेपाल भ्रमण हुन लागेकोमा यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Facebook Comments