काठमाडौं उपत्यकामा ९५७ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ।

नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ५ हजार ६९९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

Facebook Comments