थप १७ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु

काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय २१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ५ हजार ६९९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

Facebook Comments