काेराेना भाइरसकाे संक्रमणबाट थप १७ जनाकाे मृत्यु

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ।

याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ७६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै नेपालमा आज थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ८५८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

Facebook Comments