२१०३ जनामा काेराेना संक्रमण, २८५८ डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा २ हजार ८५८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ७६ पुगेको छ।

Facebook Comments