२६ हजार ४ सय २१ जना काेराेना संक्रमित होम आइसोलेसनमा

काठमाडौं । देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

बिहीबार २८ हजार ८ सय ७८ जना संक्रिय संक्रमित मध्य २६ हजार ४ सय २१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७ सय ९० जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ३ सय ४३, प्रदेश २ मा ६५६, लुम्बिनी प्रदेशमा १८९६, सुदूरपश्चिम प्रदेशमा ९८५, गण्डकी प्रदेशमा १८५७ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments