३ सय ८० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

Picture : Google

काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८० सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय २६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११९ जना आइसियु र २९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा ७९ आइसियु र १२ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।

यसभन्दा अघि मंगलबार ३ सय ५६ जना मानिस आइसियु र भेन्टिलेरमा उपचारत रहेका थिए।

नेपालमा २ लाख १२ हजार ९ सय १७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये १ लाख ८२ हजार ७ सय ८० जना निको भएर घर फर्किसकेका छन् भने १ हजार २ सय ४७ जनाको मृत्यु भएको छ ।

Facebook Comments