नेपालमा काेराेनाबाट थप ६ जनाकाे मृत्यु

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप ६ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय २१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा आइतबार थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ७९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

Facebook Comments