स्थानीयले भारतकाे बाटाे प्रयाेग गर्दा डाेल्पा जिल्ला काेराेनाकाे जाेखिममा

काठमाडाैँ । डोल्पा जिल्लाको उत्तरी भागले चीनसँग आफ्नो सिमाना साझा गरेको छ तर त्यहाँ वैधानिक रूपमा संचालन गरिएको कुनै चेक पोस्ट छैन।

जाडोमा अत्यधिक हिउँ परेको कारण माथिल्लो डोल्पा जिल्लाका बासिन्दाहरू अस्थायी आश्रयको लागि तल्लो डोल्पा जिल्ला आइपुग्छ्न । तर तल्लो डोल्पा आउनका लागि डोल्पाका बासिन्दाहरू प्रायः भारत भएर आउनु पर्छ । यसले जिल्लामा कोविड संक्रमण बढाउन सक्छ।

पछिल्लो समयमा कोरोना भाइरसको बढ्दो जोखिमबाट नागरिकलाई बचाउन पुर्व सर्तकताको लागि डोल्पा जिल्लालाई एक सातासम्मको लागि सिल गरिएकाे थियाे । यसैगरि सीमा नाकाहरु सिल गर्नुका साथै नागरिकको परिक्षणको दायरालाई विस्तार गर्दै लैजाने निर्णय भएकोले यस अघिको बन्दाबन्दी र सीमा नाका सिलमा सहयोग गरेझै यस पटक पनि सबै नागरिक जनप्रतिनिधिले जोखिम न्युनीकरण र रोकथामको लागि अत्यवश्यक कामको सिलसिलामा बाहिर निस्कदा अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्न समेत सबैमा आग्रह गरिएको छ।

त्यसैले पीसीआर र नेपाल सरकारको कोविड प्रोटोकल डोल्पा जिल्लामा लागू गराउन अति आवश्यक रहेकाे छ।

Facebook Comments