बेपत्ता पुरूषकाे शव भेटियाे

पाल्पा । १० दिन देखी बेपत्ता रहेका एक पुरुष मृत फेला परेका छन ।

पाल्पाकाे पूर्वखोला गाउँपालिका-२ जल्पाका ४५ वर्षीय केहर सिँ दर्लामी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले दिएकाे जानकारी अनुसार दर्लामी शुक्रबार बिहान मृत  भेटिए हुन् ।

उनको शब घरदेखि ३ किलोमिटर पश्चिमतर्फ जंगलमा फेला परेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments