काठमाडौं । ललितपुरको ग्वार्कोमा आगलागी भएको छ ।
शुक्रवार दिउँसो ग्वार्कोस्थित ललितपुरको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको छ ।
कीरा मार्ने बेगनका बट्टाहरुमा आगो लाग्न शुरु भइ ठुलो रुप लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डिस्पोजका लागि कुच्याएर गाडीमा हाल्न लागिएका बेगनका बट्टाहरुमा आगो सल्किएको हो ।
आगालागीबाट त्यहाँ राखिएका ३ वटा गाडीहरुमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यस्तै पाँच वटा गाडी र एक मोटरसाइकलमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
यद्यपी अहिले आगो भने नियन्त्रणमा आइसकेको छ ।
चार वटा दमकलको सहयोगमा आगो निभाइएको प्रहरीेले जनाएको छ ।
Facebook Comments