तिहारपछि उपत्यकामा कडा निषेधाज्ञा गर्न आग्रह

काठमाडाैं । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा पुनः कडा निषेधाज्ञा गर्न आग्रह गरेको छ ।

फोरमका पदाधिकारीहरुले बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पदाधिकारीलाई भेटेर तिहार लगत्तै  निषेधाज्ञा गर्न अनुरोध गरेको हो । साथै फाेरमले अब गरिने निषेधाज्ञा यसअघिको भन्दा कडा बनाउनसमेत अनुराेध गरेकाे छ ।

उपत्यकामा कोरोना दिनप्रतिदिन बढिरहेको अवस्थामा कडा निषेधाज्ञाको विकल्प नभएको फोरमको भनाइ छ ।

फोरमका सचिव तथा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकामा बढ्दो संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञाको विकल्प नभएको बताए ।

Facebook Comments