जथाभावी कर्जा लगानी नगर्न राष्ट्र बैंककाे निर्देशन

काठमाडाैं । राष्ट्र बैंकले जथाभावी कर्जा लगानी नगर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएको छ ।

बुधबार २७ वटै वाणिज्य बैंकका सीईओहरुलाई भर्चुअल बैठकमा राखेर राष्ट्र बैंकले कर्जा लगानी गर्दा ध्यान दिन निर्देशन दिएको हो ।

बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार भर्चुअल बैठक डाँकेको थियो ।

बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरुद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ साथै नियमनका अन्य अधिकारीहरु सहभागी थिए ।

बैंकहरुका तर्फबाट भने बैंकर्स संघका अध्यक्ष भुवन दाहालसहित २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए ।

Facebook Comments