काठमाडौंमा थपिए १२ सय ६१ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार २६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा पछिल्लाे २४ घण्टामा थप १ हजार २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै नेपालमा आज थप २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ६६६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

Facebook Comments