थप २६ जनाकाे काेराेनाबाट मृत्यु

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप २६ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ७४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै नेपालमा आज थप २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ६६६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

Facebook Comments