केकीसँग सुधीरको ‘पहिलो माया’

काठमाडौं । अभिनेत्री केकी अधिकारीको ‘पहिलो माया’ मोडल सुधीर श्रेष्ठसँग गाँसिएको छ ।

दुबैको माया रियल लाइफमा भन्दा पनि रिल लाइफमा गाँसिएको हो ।

गायिका रचना रिमालको स्वर रहेको गीत ‘पहिलो माया’को भिडियो अभिनय सिलसिलामा दुबैले माया गाँसेका हुन् । भिडियोमा केकी र सुधीरको अलवा प्रियाना आचार्यको समेत अभिनय रहेको छ ।

प्रेमकथामा आधारित गीतमा शंकर थापा ‘स्माइल’ को संगीत, उदयराज पौडेलको एरेन्ज रहेको छ । गीतमा शब्द पुनम माथेमाले कोरेकी हुन् ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन, विकाश धमलाको सम्पादन रहेको छ ।

Facebook Comments