दश वर्षपछि पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई दश वर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका–१ का ३६ वर्षका विजु भनिने विजय तामाङ रहेका छन् ।

प्रहरीका अनुसार विजय सहित ८ जनाको समूहले २०६६ साल पुस २ गते २४ वर्षीय स्थानीय राजिन वनेमलाई वर्खान्तमा बोलाएर धारिलो हतियारले प्रहार गरी हत्या गरेका थिए ।

उनलाई जिल्ला अदालत ताप्लेजुङले २०७६ साल जेठ २६ गते दोषी ठहर गर्दै २० वर्ष कैद हुने पैmसला गरेको थियो ।

घटना पश्चात विजय विदेशमा समेत बसेको र फर्किएर विभिन्न ठाउँमा लुकेर बसेको पाईएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.