लगातार ४ दिनसम्म बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरकाे बागमती गाउँपालिका–८ फापरबारी ठुलोकायरका २५ वर्षीय दावा पाख्रीन रहेका प्रहरीले जनाएकाे छ । प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेकाे हाे ।

पक्राउ परेका पाख्रीनले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटकपटक बलात्कार गरेको आरोप लागेको छ।

उनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ ।

Facebook Comments