स्वास्थ्यमन्त्री पौडेलले भने – विपदमा परेर घाइते भएकालाई सरकारले नि:शुल्क उपचार गर्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन्।

राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीहरूको अवस्थाबारे जानकारी लिन पुगेका स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले विपदमा परेका नागरिकलाई निःशुल्क उपचार गरिने बताए। विपदबाट घाइते भएका बिरामीहरूको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार जारी रहेको पनि स्वास्थ्यमन्त्री पौडेलले बताए।

घाइते भएर उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने स्वास्थ्यमन्त्री पौडेलको भनाई छ ।

निजी अस्पतालाहरूलाई पनि विपदमा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न आग्रह गरेको उनले बताए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.