बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत

काठमाडौं । बाढी पीडितका लागि भारत सरकारले आपतकालीन राहत प्रदान गरेको छ। भारत सरकारले ४.२ टनको राहत सामग्री सोमबार नेपालगन्ज पुर्‍याएको हो।

भारतले एक समारोहबीच उक्त राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जानकारी दिएको छ। हस्तान्तरण कार्यक्रममा भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंह सहभागी थिए।

राहत सामग्रीमा टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल रहेको भारतीय दूतावासले जनाएको छ। दूतावासका अनुसार भारत सरकारले पहिलो खेपमार्फत उक्त राहत सामग्री हस्तान्तरण गरेको हो। अर्को खेमा अत्यावश्यक सरसफाइ सामाग्री र औषधी रहने जनाएको छ।

नेपालमा विपत्ति आउँदा भारतले ‘छिमिकी फर्स्ट’अभियान अन्तर्गत सहयोग गर्दै आएको छ। उसले २०७२ को भूकम्पपछि पनि नेपाललाई सबैभन्दा सुरुमा तत्परता देखाएको थियो। त्यस्तै २०८० साल कात्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.