नेपालमा कोरोना : थप एक हजार ४७८ जनामा संक्रमण पुष्टि, कति भए निको ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ९३० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६७ जनाको पिअिसार परीक्षण गर्दा १ हजार २५१ र तीन हजार २८६३ जनाको एन्टीजेन परीक्षण गर्दा २२७ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ६३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।

देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १९ हजार ८०५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३३४ संक्रमित छन् भने ३३४ जना आइसियुमा र १०७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.