सप्तरी । देशमा थप ४६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ४६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८० हजार ९४८ जना पुगेको छ । हालसम्म २३ लाख २१ हजार ६७० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
हाल तीन हजार ६०८ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।