कोरोना भाइरस संक्रमणबाट देशमा थप ५ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ५जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशमा आज थप ४६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८० हजार ९४८ जना पुगेको छ । हाल ८५ जना क्वारेन्टाइन र ६०८ जना आइसोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।