काठमाडौंमा निषेधाज्ञा केही खुकुलो: के के खुल्छ के खुल्दैन?

काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लामा थप १ हप्ताका लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि जारी गरिएको निषेधाज्ञा केही खुकुलो गरी पुन: जारी राख्ने निर्णय भएको हो।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले पुन: एक हप्ता निषेधाज्ञा थप्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

अबको निषेधाज्ञामा खाद्यान्न ,फलफूल, किराना पसल, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने भएका छन्। यस्तै, विकास निर्माणमा प्रयोग हुने सामग्रीहरु (हार्ड वयर)को पसल र बिजुली पसल अपरान्ह ४ बजेदेखि खुल्ने व्यवस्था मिलाइएको पनि प्रजिअ भट्टराईले जानकारी दिए।

यस्तै, अनलाइनमार्फत हुने डेलिभरी बिहान ७ बजे देखि खुल्ने निर्णय भएको भट्टराईले जानकारी दिए। यस्तै, होटलहरुले होटलमा बनाएर घरमा डेलीभरी गर्ने (टेक एण्ड अवे) सेवा सञ्चालन गर्न पाउने, तर होटलमै बसेर खान नपाइने व्यवस्था गरिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.