काठमाडाैं । चिनियाँ दादागिरीको अर्काे घटना बाहिर आएको छ । चीनले सैन्य-ग्रेडको लेजर बत्ती प्रयोग गरेर फिलिपिन्सको जहाजलाई रोक्न खोजेको छ।
फिलिपिन्सले सोमबार चिनियाँ तट रक्षकहरूले विवादित चीन सागरमा तैनाथ गरिएको एटोलमा आपूर्ति मिसन बोकेको जहाजलाई रोक्न खोजेको आरोप लगाएको छ। यसका लागि चिनियाँ तट रक्षकहरूले मिलिटरी ग्रेड लेजर लाइटकाे पनि प्रयोग गरेकाे फिलिपिन्सकाे भनाइ छ ।
फिलिपिन्स तट रक्षकहरूले एक विज्ञप्तिमा भने, ‘घटना फेब्रुअरी ६ मा थोमार शोलमा भएको थियो, जब चिनियाँ तटरक्षक जहाजले फिलिपिन्सको जहाजलाई रोक्न सैन्य-ग्रेड लेजर बत्ती प्रयोग गर्यो। जसका कारण जहाजमा रहेका चालक दलका सदस्यले केही समय देख्न छाडेका थिए ।
उक्त जहाजले सैन्य टोलीका लागि खाना र आत्यावश्यक सामान पुर्याउन गइरहेको थियो। फिलिपिन्सका अनुसार हाम्रो जहाजलाई जानाजानी हिरासतमा राख्नु पश्चिमी फिलिपिन्स सागरमा उनीहरूको दादागिरी हाे ।
मनिलास्थित चिनियाँ दूतावासले यस विषयमा कुनै टिप्पणी गरेको छैन, तर जनवरीमा राष्ट्रपति फर्डिनान्ड मार्कोसको चीन भ्रमणको क्रममा चीनले फिलिपिन्ससँग मित्रताको माध्यमबाट समुद्री मामिलाहरू समाधान गर्ने सहमति जनाएकाे थियाे ।
याे घटना तब बाहिर आएको छ, जब फिलिपिन्स राष्ट्रपति मार्कोस जापानकाे भ्रमणमा थिए । त्यहाँ उनले सामुद्रिक सुरक्षा अभिवृद्धि गर्ने बारे चर्चा गरिरहेकाे बेला चीनकाे यस्ताे दादागिरी बाहिर आएकाे हाे ।