एजेन्सी । चीनबाट फैलिएकाे कोरोनाले विश्वभर डरलाग्दो विनाशका साथै महामारी निम्त्याे । सुरुदेखि नै चीन काेराेनाकाे उत्पत्तिलाई लिएर प्रश्नहरूले घेरामा रहेकाे छ ।
यस सन्दर्भमा, कोभिड–१९ महामारी चीनको वुहान प्रयोगशालाबाट उत्पन्न भएको ठोस दाबी पनि धेरै पटक गरी सकिएकाे छ ।
यसबारे धेरै गुप्तचरहरुले दिएकाे सूचना अमेरिकाले विश्वमाझ जानकारी गराएकाे छ । अब यो कुरा अमेरिकी गुप्तचर निकाय फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले पनि पुष्टि गरेको छ ।
एफबीआईका निर्देशक क्रिस्टोफर रेले पुष्टि गरेका छन् कि ब्यूरोले COVID-19 महामारी चीनको वुहानमा प्रयोगशाला घटनाबाट उत्पन्न भएको हो । यस सम्बन्धमा एफबीआईले ट्वीट पनि गरेको छ।
यसैबीच अमेरिकी ऊर्जा विभागले पनि आफ्नो एउटा प्रतिवेदनमा प्रयोगशालामा चुहावटका कारण कोभिड–१९ महामारी हुनसक्ने कडा आशंका व्यक्त गरेको छ ।
अमेरिकी अखबार वाल स्ट्रिट जनरलमा प्रकाशित प्रतिवेदनमा यो जानकारी दिइएको छ र ह्वाइट हाउस र अमेरिकी संसदका प्रमुख सदस्यहरूलाई पेश गरेको गुप्तचर प्रतिवेदन (यूएस इन्टेलिजेन्स एजेन्सी) मा यो आशंका व्यक्त गरिएको छ।
प्रतिवेदनमा यो पनि खुलासा गरिएको छ कि अमेरिकी ऊर्जा विभागले यसअघि भाइरसको उत्पत्तिबारे टिप्पणी गर्न अस्वीकार गरेको थियो। तर, अब यो नयाँ जानकारी नेशनल इन्टेलिजेन्सका निर्देशक एभ्रिल हेन्सको कार्यालयले २०२१ को दस्तावेजको अपडेटमा दिएको छ।
यसैबीच, गुप्तचर निकाय फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले पनि कोरोना चीनको वुहानको प्रयोगशालाबाट उत्पत्ति भएको पुष्टि गरेको छ । यो प्रयोगशालाबाट निस्किएको भाइरसले विश्वमा तनाब मच्चाएको थियो ।