कोरोना संक्रमितलाई ‘रेम्डेसिभिर’ औषधि उपचारमा प्रयोग गर्न स्वीकृती

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा आएको छ । फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई नै प्रयोग गर्न स्वीकृत दिएको छ ।

उक्त स्वीकृतिसँगै अमेरिकामा कोरोना भाइरसकै लागि पनि औषधि प्रयोगमा आएको हो । अबउप्रान्त अमेरिकामा कोभिड(१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ ।

एफडीएको आपत्‌कालीन अनुमति भएकाले यो औपचारिक अनुमति भने होइन। औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक रहेको बताइएको छ । विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोनाभाइरसविरुद्ध अचूक औषधि नभएको दावी गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा गिलियडका प्रमुख कार्यकारी डानियल ओडेले एफडीएको स्वीकृती पहिलो महत्त्वपूर्ण कदम भएको बताए । यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले १,०६३ जनामाथि गरेको एक अध्ययनले उक्त औषधिको प्रयोगपछि कोरोनाका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको दाबी गरेपछि रेम्डेसिभिर औषधि प्रयोगमा आएको हो ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.