किन आणविक हतियारको भण्डारण बढाउने तयारी गरिरहेकाे छ चीन ?

एजेन्सी । संयुक्त राज्य अमेरिका र ताइवानसँग तनाव बढ्ने आशंकाकाे बीच चीनले आफ्नो आणविक हतियारको भण्डार बढाउने तयारी गरिरहेकाे छ ।

यो विश्वास छ कि सन् २०३५ सम्म, यसले परमाणु हतियारको भण्डारलाई ९ सय सम्म पुर्‍याउनेछ, जसको मतलब यो वर्तमान संख्याको तीन गुणा हुनेछ। जापानको क्योडो न्युजले शनिबार यस विषयमा नजिकको स्रोतलाई उद्धृत गर्दै प्रतिवेदनमार्फत खुलासा गरेकाे हाे ।

चिनियाँ स्रोतलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ,’पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले तयार पारेको खाकालाई चिनियाँ राष्ट्रपति सी जिनपिङ र सेना प्रमुखले अनुमोदन गरिसकेका छन्, जसले आजभाेलि वाशिङटनविरुद्ध बेइजिङको प्रतिरोधलाई बलियो बनाइरहेकाे छ।’

चिनियाँ कम्युनिष्ट पार्टीले देशभित्र रहेका आफ्ना आफ्नो सैन्य शक्तिलाई बलियो हरेक काेणबाट प्रयास गरिरहेकाे छ । किन भने सन् २०२२ मा संयुक्त राज्य अमेरिकाले भनेकाे थियाे, बेइजिङले आफ्नो सेनाको आधुनिकीकरणको लक्ष्य पूरा गर्न सन् २०३५ सम्ममा आणविक हतियारको भण्डारलाई १५०० सम्म पुर्‍याउने तयारी गरिरहेकाे छ ।

क्योडो न्युजको रिपोर्टका अनुसार केही परराष्ट्र मामिलाका विज्ञहरूले चीनले आफ्नो सेनालाई आधुनिकीकरण गर्ने लक्ष्य हासिल गरेमा आणविक हतियारको प्रयोगसम्बन्धी आफ्नो ‘नो फर्स्ट यूज’ नीति त्याग्न सक्ने दाबी गरेका छन्।

गत वर्ष नोभेम्बरमा, चिनियाँ सेनाको शीर्ष निकायले घातक बलको महत्त्वको बारेमा कुरा गरेको थियो, जहाँ उनीहरूले रूसको आणविक क्षमताको बारेमा उल्लेख गरेका थिए। स्रोतहरूलाई उद्धृत गर्दै, क्योडो न्यूजले भन्याे, ‘चिनियाँ सेनाले युक्रेन विरुद्धको आक्रमणको बाबजुद रुसको बलियो आणविक शक्तिले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) र मस्को बीचको युद्धलाई कसरी रोक्न सक्छ भनेर बैठकमा विश्लेषण गरेको छ।’

समाचार प्रतिवेदनका अनुसार चीनसँग रहेको आणविक हतियार सन् २०२७ मा बढेर ५५० पुग्ने अनुमान गरिएको छ ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटको तथ्यांकलाई उद्धृत गर्दै क्योडो न्युजले रुससँग ५ हजार ९७७ आणविक हतियार र अमेरिकासँग ५ हजार ४२८ आणविक हतियार रहेको समाचारमा उल्लेख गरेकाे छ ।