‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

एजेन्सी। अधिकांश खेलाडीहरु कोरोना भाइरसको महामारी जारी नै रहेका बेला खेलमा फर्किन डराइरहेको म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जिया अग्युरोले बताएका छन्।

कोरोना भाइरस संक्रमणपछि स्थगित लिगहरु सञ्चालन गर्नेबारेको छलफल शुरु भएपछि अग्युरोले खेलाडीमा अझै डर भएकाले मैदान फर्कन नचाहेको बताएका हुन् ।

इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु आउँदो जुन ८ देखि पुनः सुरु हुने अपेक्षा छ । त्यसका लागि खेलाडीहरु मे १८ सम्ममा पूर्ण प्रशिक्षणमा फर्किनु पर्ने हुन्छ ।

शीर्ष लिगका क्लबहरु बाँकी खेलहरु के गर्ने र सुरु गरे कहिलेदेखि सुरु गर्ने भन्ने बारे निर्णय गर्न शुक्रबार छलफलमा जुट्दै छन् ।

३१ वर्षका अग्युरोले अर्जेन्टिनाको टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अहिलेको अवस्थामा खेलमा फर्किनका लागि अधिकांश खेलाडीहरु डराएका छन्, किनकी उनीहरुका छोराछोरी छन्, परिवार छन् ।’

‘संक्रमण भएकाहरुमा पनि लक्षण देखिँदैन भन्छन्, ममा पनि त संक्रमण भएको हुन सक्छ । मैले प्रेमिकालाई सारेको हुन सक्छु । म त डराएको छु । अरु खेलाडीहरु पनि डराएका छन् ।’

कोरोना भाइरसका कारण प्रिमियर लिग फुटबलका खेलहरु मार्च १३ देखि रोकिएका छन् । लिगका ९२ खेलहरु हुन बाँकी नै छ ।

मोड्रिचले युरो कप खेल्ने सुकरको विश्वास

जाग्रेब । क्रोएसियाका प्रभावशाली फुटबलर हुन्, लुका मोड्रिच। उनी हाल स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन्। उनी क्रोएसियन राष्ट्रिय टोलीका कप्तान पनि हुन्। सन् २०१८ मा रूसमा सम्पन्न फिफा विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन पनि उनको निकै ठुलो योगदान थियो।

विश्वकपको फाइनलमा क्रोएसिया बलियो प्रतिद्वन्द्वी फ्रान्ससँग पराजित भएको थियो। क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याउन गरेको योगदानका कारण नै मोड्रिचले उक्त विश्वकपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ पुरस्कारसमेत पाएका थिए।

त्यसअघि क्रोएसियालाई सन् २०१८ को विश्वकपमा छनोट गराउन पनि उनको महत्वपूर्ण योगदान रहेको थियो। छनोट प्रतियोगिताको दोस्रो चरणको खेलमा ग्रिसविरुद्ध उनले पेनाल्टीमा गोल गरेपछि नै क्रोएसिया अगाडिको यात्रा तय गर्न सफल भएको थियो।

राष्ट्रिय टोली र क्लब फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनका कारण नै मोड्रिचले सन् २०१८ मा युरोपको सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्डसमेत पाएका थिए। त्यसलगत्तै उनी फिफाद्वारा प्रदान गरिने वर्षको सर्वोत्कृष्ट पुरुष फुटबल खेलाडी घोषित भए भने त्यसपछि प्रतिष्ठित ‘बेलन डी ओर’ अवार्ड पनि उनकै पोल्टामा परेको थियो। उनी सन् २००७ यता लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि ‘बेलन डी ओर’ पाउने पहिलो खेलाडी बनेका थिए।

यी र यस्ता अनेकौं सफलताहरूले नै मोड्रिचलाई अहिले क्रोएसियाको सर्वकालीन महान् फुटबलरहरूको सूचीमा उभ्याएको छ। विश्वकपपछि दोस्रो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो, युरो कप। युरो कपको पछिल्लो संस्करण सन् २०२० मै आयोजना हुनुपर्ने थियो। तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण युरो कप एक वर्ष पछाडि सरिसकेको छ।

सन् २०२१ मा युरो कप सुरु हुँदा प्रभावशाली मिडफिल्डर मोड्रिच ३६औं वर्षको संघारमा हुनेछन्। त्यसैले क्रोएसियाका लागि आगामी युरो कपमा मोड्रिचको उपस्थिति यतिबेला सबैभन्दा चिन्ताको विषय बनेको छ। आगामी युरो कपको मिति एक वर्ष पर सरेसँगै मोड्रिचको सहभागिताको विषयमा पनि विश्व फुटबलमा विभिन्न चर्चा, परिचर्चा सुरु भएको छ।

अहिले पनि क्रोएसियाका लागि मोड्रिच सबैभन्दा ठुलो आशाका केन्द्र हुन्। उनले बढ्दो उमेरका कारण आगामी युरो कपअघि नै सन्न्यास लिने अपुष्ट समाचारहरू पनि आइरहेका छन्। यस्तोमा क्रोएसियामा महान् फुटबलर डाभोर सुकरले भने मोड्रिचले आगामी युरो कप खेल्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरेका छन्।

‘आगामी युरोपियन च्याम्पियनसिप सुरु हुँदा मोड्रिच ३६औं जन्मदिन मनाउने तयारीमा हुनेछन्। तर, एउटा क्षमतावान् खेलाडीका लागि उमेर ठुलो कुरो होइन। मलाई विश्वास छ, आगामी युरो कपमा पनि मोड्रिचले नै क्रोएसियाको नेतृत्व गर्नेछन् र आफ्नो उत्कृष्ट प्रदर्शनले सबैको मन पनि जित्नेछन्’, आफ्नो समयका चर्चित खेलाडी सुकरले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्।

पछिल्लो समय रियल म्याड्रिडमा पनि मोड्रिच नियमित रूपमा मैदानमा देखिएका छैनन्। फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले मोड्रिचको स्थानमा पटकपटक टोनी क्रुस र फेड्रिको भल्भेर्डलाई मौका दिने गरेका छन्। त्यसैले पनि मोड्रिचले विस्तारै लय गुमाउँदै गएको अनुमान गर्न थालिएको छ।

यसका बाबजुद सुकर भने मोड्रिचको क्षमतामा कुनै कमी नआएको दाबी गर्छन्। उनी आगामी युरो कपमा पनि मोड्रिड क्रोएसियाका लागि सबैभन्दा प्रभावशाली हतियार भएको बताउँछन्। ५२ वर्षीय सुकर हाल क्रोएसियन फुटबल महासंघका अध्यक्ष पनि हुन्।

‘हरेक क्लब र प्रशिक्षकको आआफ्नै नीति हुन्छन्। रियल म्याड्रिडमा जिदानले मोड्रिचलाई आराम दिनुको पछाडि पनि केही कारण होला। तर, मेरो विचारमा मोड्रिचको क्षमतामा अहिले पनि कुनै कमी आएको छैन। उनी आगामी युरो कपमा पनि क्रोएसियाका लागि आशाको केन्द्र हुन्’, सुकरले भनेका छन्।

युरो कपको छनोट प्रतियोगितामा क्रोएसिया आफ्नो समूहमा पहिलो स्थानमा रहेको थियो। क्रोएसियालाई युरो कपमा छनोट गराउन पनि मोड्रिचले महत्वपूर्ण योगदान गरेका थिए। मोड्रिच चार वर्ष इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाममा बिताएर सन् २०१२ मा रियल म्याड्रिडमा आबद्ध भएका थिए।

आफ्नो समयका प्रभावशाली स्ट्राइकर सुकरले भने सन् १९९६ देखि सन् १९९९ सम्म रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलेका थिए। क्रोएसियाका अतिरिक्त उनले युगोस्लाभियाको राष्ट्रिय टोलीबाट पनि अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए। उनले अहिलेको परिस्थितिमा युरो कप एक वर्ष पछाडि सार्ने युरोपेली फुटबल महासंघ (यूईएफए) को निर्णयको स्वागत पनि गरेका छन्। अन्नपुर्ण पाेष्टबाट

काेराेनाकाे कहर: एनटीएद्धारा करिब २ सय परिवारलाई राहात वितरण

काठमाडौं । चीनको वुहानबाट महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्नका लागि भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ ।

यही लकडाउनका कारण समस्यामा परेका करिव २ सय परिवारलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)ले राहत वितरण गरेको छ ।

एनटीएका अध्यक्ष अशोक खड्काका अनुसार कागेश्वोरी मनोहरा नगरपालिकाको वडा नम्बर १ देखि ९, ललितपुर उपमहानगरपालिकाको बिभिन्न वडा, गोदावरि नगरपालिका, गोकर्णेश्वोर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका लगायतमा गरि करिब २०० परिवारलाई राहत वितरण गरिएको हाे ।

एनटीएका अध्यक्ष एवम् तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काले अनलाइन नेपालसँग कुरा गर्दै भने–‘हामीले विशेष गरि दैनिक ज्यालादारी गरेर खाने, शारिरिक अपांगता भएका, बृद्द बृद्दा, सुत्केरी एवम् सडकमा अलपत्र भएकाहरुलाई राहात बितरण गरेका छौं । त्यसभित्र मृगौला पिडित २ जना महिलालाई पनि क्रमशः ५ र ३ हजार रुपैयाँ प्रदान गरियो ।’

खड्का अनुसार राहतमा अत्यावश्यक पर्ने खाद्यान्न (चामल, दाल, नुन, तेल, गेडागुडी, चिनीलगायत) वितरण गरिएको हो । त्यसैगरी एकेडेमीले थली प्रहरी प्रभाग, मुलपानी प्रहरी प्रभाग, कागेश्वोरी मनोहरा नगर प्रहरि, कागेश्वोरी मनोहरा नगपालिकाको १ र २ नम्बरको हेल्थ पोष्ट, एम्बुलेन्स, सुरक्षाका लागि सडकमा खटिएका सुरक्षा कर्मीहरुलाइ कोरोनासँग लड्ने स्वास्थ सामाग्री मास्क, ग्लोब्स, स्यानिटाइजर र पिपिइसेट प्रदान गरिएको पनि अध्यक्ष खड्काले बताए ।

त्यतिमात्र होइन, एकेडेमीले मुलपानी बाल आश्रम , सुन्दरिजल चेपाङ बाल गृह , र गागलफेदीमा रहेको बृद्दा आश्रममा पनि खाद्यान्न सहयोग गरेको छ।

एकेडेमीले चाहि कसरी राहत वितरण गरिरहेको छ त ? भन्ने प्रश्नमा अध्यक्ष खड्काले भने–‘एकेडेमीलाई देश तथा विदेशमा बस्ने विभिन्न ब्यक्तिहरुबाट सहयोग प्राप्त भएको छ । त्यसमा आफूले पनि सकेको थप गरी राहत बाँडिरहका छौं ।’

नेपाल यो स्वर्ग हो( कविता )

नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँ
जन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमा
के बोल्छौ अब हे महान जन हो होच्याउँदै देश यो
पल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो
!!१!!

आमाकै मनमा म देख्दछु सँधै अगाध छन् प्यार ती
जन्मन्छन् सय अप्सराहरु यहीँ छक्याउने ईन्द्र नी
खानीनै छ यहाँ सबै जगतका शान्ती र सौन्दर्यको
सेताम्मे हिमशैलको छ धरती नेपाल यो स्वर्ग हो
!!२!!

गुम्बा मन्दिर चर्च छन् सब यहाँ सुधर्मका देवल
विश्वैको मन खिच्न सक्दछ धनी नेपालले केवल
रोपौँ फूल विकासका लहरमा यो देश चम्काउँदै
फाल्गुनन्द र बुद्धका जनकका सत्कर्म फैलाउँदै
!!३!!

ती पासाङ बलभद्र अंशु अरनी राम र संख्वाधर
जुट्ने हुन् सब ती बनाउन भनी नेपाल यो सुन्दर
लुट्ने ती सब नै यहाँ गरिब हुन् अस्तित्व नेपालको
तिम्रै त्यो ममता अमूल्य छ मुमा नेपाल यो स्वर्ग हो
!!४!!

कोदो फापर धान जौ सब यहाँ खानै त लौ टन्न छ
यो राज्यै बलियो भयो यदि भने नेपाल सम्पन्न छ
सिक्नेछन् शुभ कर्म बालक सबै नभैदिए युद्ध त्यो
जागौँ गर्न विकास लौ सब जना नेपाल यो स्वर्ग हो
!!५!!

बग्छिन् ती सरिता पबित्र तटमा डुल्दै गरी सल्बल
नाच्दैछन् मन यो नपुगि कन त्यो तान्सेनमा छम्छम
स्वर्गैमा पनि लौ सुशान्त सबको यस्तो त कुन् लोक थ्यो ?
ईन्द्रैले पनि के वयान गरथे नेपाल यो स्वर्ग हो
!!६!!
अर्जुन दुलाल

कोरोना कहर(कविता)

आधा लाखको हाराहारी मान्छे मारिसक्यो ।
कोरोनाले विश्वभरि सङ्कट पारिसक्यो ।।
नियन्त्रणका प्रयासहरू नभएका हैनन् ।
अझै पनि मानिसहरू ढुक्क भने छैनन् ।।

लकडाउन छ थुप्रै देशमा बढिरह्यो त्रास ।
गरिब दु: खी मानिसले कसको गर्नू आश ?
थुप्रै देशलाई ऋणको भारी बोकाएको किन ?
हजारौं जन खाइसक्दा नि भोकाएको किन ??

भ्याक्सिन बनाई यसलाई तह लगाउन पाए ।
रमाउथ्यो मन छिट्टै यसलाई भगाउन पाए ।।
कोरोनाको कहरबाट मुक्ति देऊ प्रभू ।
त्यसलाई नष्ट गर्न सही जुक्ति देऊ प्रभू ।।
त्रिलोचन सापकोटा ‘आशिष’

लकडाउनमा भोका(कविता)

लकडाउनमा फैलिदैछ भोक र भोकमरी,
सरकारले बाँडन थालेको छ राहत सामग्री,
मन फुरुंग बनाउँदै गएँ लिन राहत सामग्री,
घन्टौ बसें, पाइएन नागरिकता बिना राहत सामग्री ।१।

विश्वव्यापी बनेको कोरोना भाइरस,
मानवताकै नाताले सहयोग पाउँने थियो आश,
तर, न मतदाता न नागरिकता अनि कसले पो गर्छ विश्वास,
रित्तो हात फर्के हुँदै निराश ।२।

पहिले पार्टीको सदस्यता खोजे,
पछि कार्यकर्ताको सिफारिस पनि खोजे,
अझ हुँदै नभएको कुराहरु पनि मसंग खोजे,
म भने गरिब, असहाय र निरीह हुँ भनेर सम्झाउन खोजे ।३।

तीन तहको सरकार छ,
तर पनि ज्यालामजदुरी गर्ने भोकभोकै छ,
ठाउँ–ठाउँमा राहत खुबै बाँडिएको सुनिन्छ,
काम गरेर खानेको अझैपनि चुलो नबलेको सुनिन्छ ।४।

सुनिन्छ पल्लोघरेकोमा थन्किए पोकाका पोका,
सरकारले लागू गर्यो राहतमा एकद्वारे ढोका,
जनप्रतिनिधि पहिले पुग्छन् आफ्ना मतदाताको ढोका,
लकडाउनमा पेट बाँधिएकाहरु बाध्य छन् बस्न भोका ।५।
दिनेश यादव

उबेलाको बम(गजल)

उबेलाको बम अँझै पड्किदैछन
जङ्गली चरित्रहरू पुरै झल्किदैछन

देशको हालत बिजोग छ हरे,
महामारी आगो अँझै सल्किदैछन

लोकतन्त्र स्थिरता घोषणापत्रमा मात्र थिए,
अस्तिरता त रगतमै पल्किदैछन

हिजो पो आफ्नो थियो आज पराई भैगो,
बिगोगको घाउ मुटुमै चर्किदैछन ।
सुरेन्द्र पोखरेल

आफ्नैबाट असहयोग हुँदा गुट समाप्त गर्न सभापति देउवा चुक्नुभयो

मीनबहादुर विश्वकर्मा, नेता – नेपाली कांग्रेस
नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचत भए । उनी निर्वाचित भएर आएसँग असहयोग शुरु भयो । रामचन्द्र पौडेल र कोइराला परिवारले देउवालाई कुनै पनि निर्णय सहज रुपमा गर्न दिएन । यतिसम्म असहयोग भयो कि पार्टीका विभागहरू गठनका लागि नाम माग्दासमेत पौडेल र कोइराला परिवारले दिएनन् । भ्रातृ संगठनहरू गठन हुन सकेनन् । यस्तो अवस्थामा देउवाको धेरै आलोचना भयो । असहयोग र आलोचनाका बाबजुद देउवाको चार वर्षे कार्यकाल पनि पूरा भएको छ । यो अवस्थामा देउवाको कार्यकाल कस्तो रह्यो भनेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मासँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानीको सम्पादित अशं ः

कांग्रेसको १३औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवा सभापति बन्नुभएको चार वर्ष भयो । यो अवधिमा उहाँले के–के गर्नुभयो ?
– पार्टीको सबै गुटलाई अन्त्य गरेर पार्टीलाई एक बनाउँछु भन्नुभएको थियो । सभापति बन्दै गर्दा संविधान बनाउनुपर्ने । तीन तहको निर्वाचन गर्नुपर्ने अवस्था थियो । मुलुकमा स्थायित्व गर्नुपर्ने थियो । राज्यको जिम्मेवारी उहाँले अत्यन्तै राम्रो गरेर पूरा गर्नुभएको छ । सभापति देउवाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न सक्नु भएन तर, गुटको व्यवस्थापन गरेर पार्टी अगाडि बढाउनु भएको छ । राजनीति र अन्य दलहरूप्रतिको तथा मुलुकको जिम्मेवारी सफलता साथ बहन गर्नुभएको छ । पार्टीको आन्तरिक व्यवस्थापनमा केही केही असफलता देखिएको छ ।

देउवाको कार्यकाल कांग्रेसभित्र निरासा र असफल भएको भनेर टिप्पणी आएको छ नि ?
– मैले पहिला पनि भने पार्टीभित्रको गुटबन्द अन्त्य गर्न उहाँले सक्नुभएन । पार्टीभित्र सबै निर्णय सहमति गरेर गर्छु भनेर अगाडि बढ्नुभयो । समकक्षी नेताहरू भन्नु हुन्थ्यो, सहमति भन्ने तर, सहमतिका नाममा सहमति कहिल्यै पनि नगर्ने । सबै कुराहरू पार्टी अगाडि बढ्नका लागि जे–जे निर्णय गर्नुपर्छ वा पार्टी जुन ढंगले अगाडि बढ्नुपर्ने थियो त्यो भएन । विधान बमोजिम पार्टीलाई अगाडि बढाउन दिइएन । सहमतिबाट मात्रै जानुपर्छ भनियो । बहुमत प्राप्त सभापतिलाई बहुमतको निर्णय गर्न पनि दिइएन । विधान सम्मत चल्नुपर्ने सभापतिलाई विधान सम्मत पनि चल्न दिइएन । विधानभन्दा बाहिर गएर सहमति गरिन्थ्यो त्यसपछि आफैले सभापतिले विधान मिच्यो भनेर होहल्ला गर्ने, सहि निर्णय गर्दा पनि बहुमतको निर्णय मान्दैन भन्ने जस्ता कार्य भयो । सहमति गर्दा त्यही निर्णयमा सहमति गर्ने ।

पार्टी र पार्टी सभापतिलाई अनिर्णयको बन्दी बनाइएको छ । जसले त्यसो भनेर आरोप लगाउनुभएको छ त्यसका मुख्यपात्रहरू नै झट्ट हेर्दा उहाँहरू नै देखिनुभएको छ । दुनियाँका सामु छर्लङ्ग छ । गुटबाट गुटीय आवाजलाई उहाँले व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने वा गुट समाप्त गर्नुपर्ने कुरामा सभापति देउवा चुक्नुभएको छ,अलमलिनुभएको छ । देउवाले पार्टी असफल बनाउनुभयो भनेर जसले भनेका छन् उहाँहरूकै क्रियाकलाप बाहिर देखिएको छ कि बैठकमा नआउने, बैठक बहिस्कार गर्ने, सबै एजेण्डामा सहमति भइसकेपछि पनि त्यस एजेण्डालाई नमान्ने, सबै एजेण्डामाथि सहमति भइसकेको विषयमा नबसिदिने कार्य गरिएको छ । जब बहमुतको निर्णय हुन्छ अन्यत्र अन्य व्यवहारहरू जस्तै सभापतिहरू बोलाएर त्यसका विरुद्धमा अभियान गर्ने, गालीगलौज गर्ने गरेर अहिले सभापतिलाई विभिन्न खालका बखेडा झिकेका कारणले पार्टीमा अल्मलिएको कुरा सत्य हो ।

सभापति देउवाले कांग्रेसलाई सहि ढंगले क्रियाशील बनाउन सक्नु भएन नि । त्यो त सत्य हो ?
– पार्टीलाई क्रियाशील बनाउनै दिइएन । सभापतिज्यूले पार्टीलाई क्रियाशील बनाउन प्रयास पनि गर्नुभयो । जे कुरामा पनि अर्को समूहबाट असहयोग भयो । राम्रो निर्णय गर्दा पनि विरोध गरेर हैरान बनाउनुभयो । नेपाली कांग्रेस पार्टीले अब भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भन्ने निर्णय गर्न खोज्दा त्यो आन्दोलन भन्ने शब्द झिक भनियो । उहाँहरूले फेरि बाहिर गएर कांग्रेसले आन्दोलन गर्न सकेन भन्नुभयो । महाधिवेशन गरौं भनेर १४औं महाधिवेशनको मिति तोक्दा पनि बहुमतले निर्णय ग¥यो भन्नुभयो । त्यसलाई हामी मान्दैनौं भन्नु हुन्छ । विधानअनुसार समिति र विभागहरू गठन गरौं भन्दा हाम्रा मान्छे राख्नै पर्छ भन्नु हुन्छ । त्यसरी राख्दा विधानमा अट्दैन । देउवालाई आरोप लगाउनेहरूले दुई वर्ष संसदीय बोर्ड र कार्यसम्पादन समितिमा बसेर काम गर्नुभयो ।

देउवाले संसदीय बोर्ड बनायो यसलाई खारेज गर्नुपर्छ भन्नु हुन्छ । संसदीय बोर्डमा बसेर आफ्नो स्वार्थ पूरा गरिसकेपछि खारेजीको माग गर्नुभयो । त्यो पनि सभापति देउवाजीले खारेज गरिदिनुभयो । निर्णय गर्दै जाने, उहाँहरू निर्णयकाविरुद्ध अर्को प्यारालाल बैठकहरू बस्दै जाने काम भयो । बैठकबस्नुभन्दा पहिला गुटको बैठक राख्ने काम भयो । गुटको बैठकले पार्टीका बैठकहरू अबरोध गर्ने कार्य भयो । यी त केही उदाहरण मात्र हुन् । पार्टीभित्र यस्ता घटना धेरै छन् ।

दुनियाँका सामु सबै कुरा छर्लङ्ग छ । पार्टी पंक्तिमा मात्रै होइन कि पार्टी बाहिर पनि सबै छर्लङ्ग छ । सभापति शेरबहादुर देउवाको नेतृत्वलाई हिजोदेखि नै स्वीकार नगरेर उहाँले गरेका कुनैपनि काम स्वीकार नगर्ने कार्य भयो । अनि बाहिर आएर देउवाले पार्टी एकलौटी चलाए, पार्टीभित्र कब्जा ग¥यो, पार्टीमा गुट हाबी भयो भनेर आरोप लगाएका छन् । आफू पहिला गुटको बैठक बसेर बैठकमा जाने, पार्टी अथवा देउवाले सभापतित्व गरेको बैठकमा पुग्दा ल गुटको बैठक बसाल्यो भनेर आरोप लगाउने कार्य भयो । पहिला आफै गुटको बैठक बसालेर मात्रै मूल बैठकमा बसाल्ने यस्तो क्रियाकलाप गर्ने नेताहरूले नै आज पार्टीलाई बन्धक बनाउनु भयो ।

पार्टी सभापति शेरबहादुर देउवा भएकाले यी सबै चुनौतीहरूलाई सामना गर्दै त्यसबाट बच्दै पार्टीलाई राम्रोसँग सञ्चालन गर्नुपर्नेमा पार्टी सञ्चालन गर्दा आउने चुनौतीहरू थिए, यी सम्भावित चुनौती नै थिए । काम गर्न सहज रुपले दिँदैनन् भन्ने कुरा सभापतिको उम्मेदवार हुँदैका बेला देउवालाई थाहा थियो । थाहा पाइरहेका चुनौतीलाई पनि सल्टाउँदै अगाडि बड्नुपर्नेमा अगाडि बढ्न नसक्नु एक किसिमको कमजोरी नै हो । मैले पनि स्वीकार गरेको छु ।

पार्टी सुध्रिन्छ भनेर देउवासँग धेरैको अपेक्षा थियो । उहाँले कसैलाई मिलाउन सक्नु भएन होइन ?
– सभापति देउवाले सबैलाई मिलाउनुभयो । उहाँ सभापतिको उम्मेदवार हुँदै गर्दा कांग्रेसभित्र तीन जना सभापतिको उम्मेदवार हुनुहुन्थ्यो । तीन वटा गुट थियो । पार्टीभित्र गुटको विभाजन नगर्दा पार्टी थिलोथिलो भयो । चुनावमा सशक्त भएर अन्य दलसँग प्रतिस्पर्धा गर्न सकिएन, सबैलाई पहिला समेट्छु र पार्टीलाई एकढिक्का बनाउँछु भन्नुभयो । सभापतिमा निर्वाचित हुनुभयो । निर्वाचित भएपछि तेरो र मेरो भन्नुभएन ।

सबै गुटबाट उठेका पदाधिकारी र सदस्यहरूलाई गुटैसहित केन्द्रीय कार्यसमितिमा मनोनीत गरिदिनुभयो । पार्टीको विधानले दिएको वीस प्रतिशत मनोनीत गर्ने हक केका लागि भन्दा कथंकदाचित केन्द्रीय कार्यसमितिमा निर्वाचनबाट सभापतिको बहुमत आएन भने बहुमतबाट पनि निर्णय गरेर पार्टीलाई निर्णायक क्रियाशील बनाउनका लागि दिएको सुविधामा देउवाले सबैलाई गुट नहेरिकन अप्ठ्यारो नमानिकन केन्द्रीय सदस्यमा मनोनीत गर्नुभयो । आफ्नो खरो विरोध गर्नेहरूलाई पनि मनोनीत गर्नुभयो । हुँदाहुँदा यस्तोसम्म अवस्था आयो कि उहाँले मनोनीत गरेका केन्द्रीय सदस्यहरूनै अब शेरबहादुर देउवा असफल भयो, भनेर बैठक बहिस्कार गर्न लाग्नुभयो ।

आजका मितिसम्म पनि देउवाले मनोनीत गरेका केन्द्रीय सदस्यहरूले देउवाकै बैठक बहिस्कार गरिरहेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरिरहेका छन् । जतिबेला पार्टी सभापति सुशील कोइराला हुनुहुन्थ्यो त्यो बेला नेविसंघ, तरुण दल र महिला संघ भङ्ग गर्ने निर्णय गर्नुभयो तीन वटै भ्रातृ संस्था पार्टी कार्यालयमा अनसन बसे । सभापति, उपसभापति, महामन्त्री कसैले पनि त्यो अनसन हेर्न पनि जानु भएन । दशैँको बेला थियो । जमरा राखेर बसे साथीहरू । सोह्रश्राद्धामा साथीहरूले पितृहरूको श्रद्धा गरे । त्यस बेला हामीले भनेका थियौँ, पार्टीभित्र अत्यन्तै नराम्रो बेथिति बढ्यो । शेरबहादुर देउवालाई जुस खुवाएर भएपनि अनसन तोडिदिनुप¥यो भनेर आग्रह ग¥यौं । त्यस बेला देउवाले म सुशील कोइरालाको विरुद्धमा गएर अनसन तोड्न मलाई नैतिकताले दिँदैन ।

म सभापति हारेपछि केन्द्रीय कार्यसमितिमा मलाई सुशील कोइरालाले मनोनीत गर्नुभएको हो । म सुशीलको मनोनीत केन्द्रीय सदस्य भएकोले केन्द्रीय सदस्य रहँदै गर्दा सुशील कोइरालाको विपरित गएर अनसन ताडाउनका लागि जुस खुवाउनु सक्दैन भनेपछि अर्को उपाय खोजिएको थियो । त्यसपछि देउवाले केन्द्रीय सदस्य पदबाट राजीनामा गर्नुभयो । राजीनामा सार्वजनिक गरेर त्यही राति गएर जुस खुवाएर नेविसंघ, तरुण दल, महिला संघ अनसन तोडेर पार्टीमा सहज वातावरण सिर्जना गर्नुभयो । अनि वार्ता शुरु भयो । वार्ताबाट पार्टी अगाडि बढ्यो । सुशील कोइरालाले विभाग पनि गठन गर्न सक्नुभयो । पदाधिकारी पनि बनाउनुभयो । आज तपाईहरूले देख्नुभएको छ । कांग्रेसको महाविधेशन छिटो गर, छिटो गर भन्छन् । महाधिवेशन गर्न क्रियाशील सदस्यता बाँड्ने, समायोजन गर्ने, सबै कार्यतालिका पास भयो । त्यसपछि उहाँहरू बैठकमा आउनुभएन । बहुमतका निर्णय मान्दैनौँ भनेर उहाँहरूले सभापतिहरूको भेला गर्नुभयो । पार्टीभित्र यस्तो नौटंक भइसकेपछि सभापति शेरबहादुर देउवा होइन, सभापति महादेव भएपनि चलाउन सक्नु हुन्न । पार्टीभित्र यो बेथिति ल्याउने, पार्टीलाई थिलोथिलो बनाउने कुरामा सभापतिको मात्रै भूमिका छैन ।

जिम्मेवारी त सभापति देउवाले लिनुप-यो नि ?
– लिनुपर्छ । यस्तो उछृङ्खल क्रियाकलाप गर्ने उहाँका केन्द्रीय सदस्यहरूलाई कारबाही गर्ने हिम्मत गर्न नसक्नु पनि गल्ती भयो । पार्टीभित्र सधै सहमति भनिरहने देउवाको सदासयतालाई उहाँका समकक्षी साथीहरूले कमजोरी ठाने । पार्टीभित्र देउवालाई असहयोग गरिरहनुभएको बुझिरहनुभएको छैन । अहिले देउवा मात्रै कमजोर भएको होइन सिङ्गो पार्टी कमजोर भएको छ । आजसम्म जसले पार्टीमा सभापतिलाई असहयोग गरेर बैठक बसाल्न नदिने, बैठकको निर्णय नमान्ने, पार्टीका अनुशासनका पद्धति नमान्ने, अनुशासनको आचार संहित नमान्ने भनेर उहाँहरूले प्रस्ताव ल्याउनु भएको छ । पार्टीभित्र यस्तो अवस्था पनि छ । बुढानिकलण्ठमा गएर बैठक बस्नु हुन्छ । अनि बुढानिकलण्ठबाट पार्टी चल्छ भनेर भन्नु हुन्छ । अर्घेलो थाप्ने काम भइरहेको छ । पार्टी बिगर्नुमा सबै जिम्मेवार हुनुहुन्छ ।

रामचन्द्रजीले जिब्रो सम्हाल्नुपर्छ

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ सभापति शेरबहादुर देउवाको टिमभित्र शक्तिशाली नेताका रुपमा चिनिन्छन् । पटक–पटक मन्त्री र कांग्रेसको राम्रा पदमा पुगिसकेका श्रेष्ठसँग पार्टीभित्रको आन्तरिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

० नेपाली कांग्रेस बिरामी परेको छ । किन क्रियाशील हुन सकेन कांग्रेस ?
– बिरामी परेको छैन । पार्टीभित्र विवाद छ । त्यो साधारण कुरा हो । बाहिर देखिए जस्तो द्वन्द्व कांग्रेसभित्र छैन ।

० सभापति शेरबहादुर देउवा असफल भनेर आरोपहरू लागिरहेका छन् नि ?
– शेरबहादुर देउवालाई असफल भन्न मिल्दैन । देउवाले चुनाव जितेपछि धेरै लिबरल हुनुभयो । आवश्यकताभन्दा धेरै लिबरल हुनुभयो । आफूले चुनाव जितेपछि आफूसँग हारेको नेतालाई तुरुन्त केन्द्रीय सदस्य र उहाँले माग नगर्दा नगर्दै नेताको पदवी पनि दिनुभयो ।

सारा हारेका मित्रहरूलाई भित्र्याउनुभयो । सरसल्लाहबाट काम गर्छु भन्दा असहयोग भयो । सरसल्लाह गरे जस्तो पनि गर्ने । उचित सल्लाह पनि नदिने । समयमा त्यसको फुलफिल पनि नगर्ने । देउवालाई रोक्ने काम भयो ।

० हरेक मोर्चामा सभापति देउवाको चार वर्षको कार्यकाल असफलतामा वित्यो होइन ?
– शेरबहादुरजी सभापति भएपछि नेपाल महिला संघ, नेविसंघ, नेपाल तरुण दल आदि भ्रातृ संस्थाहरूको अधिवेशन गरेर कामहरू अगाडि बढ्यो । राष्ट्रिय अधिवेशन भयो । विपक्षी दलको सरकारलाई तोडेर अर्थात माओवादीलाई तोडेर आफ्नो पक्षमा ल्याएर सरकार पनि चलाउनुभयो । प्रचण्डजी प्रधानमन्त्री हुनुभयो । त्यसपछि शेरबहादुर हुनुभयो ।

प्रचण्डजी प्रधानमन्त्री हुँदाहुँदै स्थानीय तहको निर्वाचन शुरु गर्नुभयो । देउवाजीको पालामा आएर स्थानीय निर्वाचन, प्रदेश निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो थियो । देउवाकै पालामा एमसीसीमा हस्ताक्षर भयो ।

“ओलीजीले भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्नुभएको छ । तर, उहाँले अँगालो मारेर भ्रष्टाचारीलाई बचाउने काम गर्नुभएको छ । ओलीका विभिन्न निर्णयहरूबाट भ्रष्टहरूलाई संरक्षण गर्नुभएको छ । वाइडबडी काण्ड, न्यारोबडी काण्ड, ३३ किलो सुनकाण्ड, ललिता निवासको जग्गाकाण्ड यी सारा कुराहरूमा ओली सरकारको संलग्नता छ ।”

० एमसीसीमा हस्ताक्षर भएपनि त्यो पारित नहुने भयो ?
– एमसीसी पारित हुन्छ । मैले भने हुन्छ । जे होस् एमसीसी पारित हुन्छ । एमसीसी एउटा महत्वपूर्ण विषय हो । ठूलो देश अमेरिकासँग दौत्य सम्बन्ध छ । त्यो सम्बन्धलाई कुनै पनि सरकारले बिर्गान सक्दैन ।

० यो एमसीसी राष्ट्रघाति होइन ?
– कहाँबाट राष्ट्रघाति हुनु । त्यस्तो केही पनि होइन । यसमा बाहिर भने जस्तो केही पनि छैन । सैन्य गठबन्धन पनि होइन । कुनै एउटा मुलुकको ईसारामा यस्तो कुरा गरिएको छ । त्यो कुरा टिक्ने कुरा होइन । सत्य कुरा के हो भने यो हाम्रो आवश्यक्ता थियो । हामीले धेरै जलविद्युतहरू बनाउँदै छौँ ।

जलविद्युतहरू नेपाललाई आवश्यक्ताभन्दा दश दोब्बर जलविद्युत बनाउँदै छौँ । त्यो जलविद्युतको बजार भनेको हिन्दुस्तान हो । बंगलादेश हो । त्यो ठाउँमा लैजाने कार्यक्रम एमसीसीमा छ । त्यस कारणले एमसीसी अत्यन्तै महत्वपूर्ण छ । एमसीसी संसदबाट अनुमोदन हुन्छ ।

० कांग्रेसले हतार गर्दैमा संसदबाट एमसीसी पारित हुन्छ र ?
– हामीले हतार गरेका छैनौं । सत्ता पक्षका केही साथीहरूले तयार छैनन् होला । अधिकांश साथीहरू एमसीसीको पक्षमा छन् । पारित गर्न तयार छन् । कुनै पनि हालतमा एमसीसी पारित हुन्छ ।

० भ्रष्टाचार गर्न सत्ता पक्ष र प्रतिपक्ष मिलेका छन् नि हो ?
– हामी मिलेका छैनौं । प्रधानमन्त्री केपी शर्मा ओलीजीले ‘भ्रष्टाचार म पनि गर्दिन र गर्न पनि दिन्न’ भन्नुभएको छ । ओलीजीले भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्नुभएको छ । तर, उहाँले अँगालो मारेर भ्रष्टाचारीलाई बचाउने काम गर्नुभएको छ । ओलीका विभिन्न निर्णयहरूबाट भ्रष्टहरूलाई संरक्षण गर्नुभएको छ ।

वाइडबडी काण्ड, न्यारोबडी काण्ड, ३३ किलो सुनकाण्ड, ललिता निवासको जग्गाकाण्ड यी सारा कुराहरूमा ओली सरकारको संलग्नता छ । ओली सरकारले महँगी थपेको छ । ट्याक्स बढाएको छ । अब केही नभएर पेट्रोलियम पदार्थमा संसदलाई छलेर ओलीजीले क्याबिनेटबाट पाँच रुपियाँ थप गरेर दश रुपियाँ बनाउने निर्णय गर्नुभएको छ । पुस्तकमा पनि कर लगाएर जनताको ढाढ सेक्ने काम भएको छ ।

“ हाम्रो उद्देश्य भनेको टायर जलाउने, रेलिङ भाँच्ने होइन । संसदमा कम्युनिस्टहरूले के गर्छन् देख्नु भएको छ होला नि । संसद अबरुद्ध मात्रै गर्दैनन् । कम्युनिस्टले संसदको कुर्सी तोडफोड गरेर कुर्सी उचालेर फ्याँक्छन् । हामी त अत्यन्त शान्त रुपबाट विरोध गर्ने हो । असहमति जनाउने हो । लोकतान्त्रिक पद्धति भनेको यही हो ।”

० संसदमा कांग्रेसले कुरा उठाउनै सक्दैन किन हो ?
– सरकारको कार्यशैली र हाम्रो कार्यशैली फरक छ । ०४८ सालमा हामीले सरकार बनाउन नपाउँदै हनिमुन डे पनि नकुरेर कर्मचारीहरूलाई उचालेर, रेलिङ भाँचेर टायर जलाएर प्रदर्शन गर्ने कामहरू गरियो । हाम्री डेमेक्य्राट हौं । हाम्रो उद्देश्य भनेको टायर जलाउने, रेलिङ भाँच्ने होइन । संसदमा कम्युनिस्टहरूले के गर्छन् देख्नु भएको छ होला नि । संसद अबरुद्ध मात्रै गर्दैनन् ।

कम्युनिस्टले संसदको कुर्सी तोडफोड गरेर कुर्सी उचालेर फ्याँक्छन् । हामी त अत्यन्त शान्त रुपबाट विरोध गर्ने हो । असहमति जनाउने हो । लोकतान्त्रिक पद्धति भनेको यही हो । गुठी विधेयकमा विरोध गर्यौं । विधेयक फिर्ता भयो । मिडियाको हातखुट्टा बाँध्ने विधेयक ल्याइएको थियो । त्यसको हामीले पूरा विरोध गर्यौँ । पत्रकारहरू कम्युनिस्ट सरकारलाई म परेको छैन ।

० रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई गम्भीर आरोप लगाउनुभएको छ । १४औं महाधिवेशन कब्जा गर्न विभागहरूको प्रमुख र केन्द्रीय सदस्य बनाउँदा देउवाले पैसा लिनुभएको छ रे हो ? देउवालाई पैसामा पद बाँड्नु भएको आरोप पौडेलको छ नि ?
– यो अत्यन्त गलत कुरा गर्नुभयो । पौडेलजीले यति निकृष्ट कुरा गर्नु हुन्छ भनेर मैले सोचेको पनि थिइन । कांग्रेसका केन्द्रीय सदस्यहरूले पैसा तिरेर, पैसा लिएर, पैसाको चलखेल गरेर विभागीय प्रमुख बन्न कोही जाने कुरामा रामचन्द्र पौडेलजीले आफ्नो जिब्रो सम्हाल्नुपर्छ ।

० देउवाले पैसामा पद बाँडेको कुरा रामचन्द्र पौडेलले आधार र प्रमाणका आधारमा बोलेको भन्नुभएको छ नि ?
– बोल्न पाएँ भनेर जे पनि बोल्ने ? विभिन्न पार्टीबाट आएका साथीहरू केन्द्रीय सदस्यमा आएका छन् । हाम्रो पार्टीको नीतिअनुसार आमन्त्रित केन्द्रीय सदस्य बनेका छन् । छटेपुटेका साथीहरू बनेका छन् । विभाग गर्नमा कुनै चलखेल भएको छैन । त्यस्तो कुरा गर्न लाज लाग्दैन ।

Lockdown-stranded Nepalis neglected across border in India

Sher Bahadur Singh
KTM-Buses after buses are being send from here to bring home people stranded in Kathmandu after the extension of the lockdown in the wake of the coronavirus outbreak.

However, no decision has been made so far to bring home the Nepalis stranded in various border towns in India due to the same for long.
It is said the Federal Parliament lawmakers, former ministers and student organisation leaders from Kanchanpur, Kailali and other districts of the Sudur Paschim state, who are based in the central capital, Kathmandu, are arranging for sending the people in the central capital home.

They have been sending out messages through social media collecting names of people who wanted to be rescued and go home after the extension of the lockdown. Looking at the messages related to this doing round in the social media, it gives the glimpse of canvassing during election time.

Although the MPs, politicians and student leaders from the State and based in the central capital are more than eager in the task of rescuing the lockdown-stranded people in Kathmandu to their homes, they are not as enthusiastic in rescuing the hundreds of Nepalis stranded in the Indian towns across the border who have now spend more than a month at quarantines in schools and other public buildings there.

Not even the State government, the local governments and the district administrations have made earnest efforts for rescuing the Nepalis stranded in border towns of India. Most of these people are migrant workers from Nepal.

The local administration in Kanchanpur district has notified the local levels in the district to keep people coming in the district from other places in quarantine for 14 days. But this notification is not effectively implemented giving rise to concern of spread of coronavirus infection.

“Although arrangements have been made for keeping in quarantine the people entering the district from India, nobody seems to be serious regarding bringing the Nepali citizens home,” a chief officer of security body here said. The official said no people’s representative has spoken of bringing home the stranded Nepali workers in India.

It may be recalled here that the Supreme Court has also ordered the government to bring home the Nepalis kept in quarantine at the Indian border towns, and if not to make arrangements for providing them food and accommodation there.

Meanwhile, the Chief District Officer of Kanchanpur district has said the district administration has not issued permit to bring people from any place including from Kathmandu.