भारतीय अतिक्रमणको विरोध हुँदा दार्चुलावासी सदरमुकाम पुग्न भारतकै बाटो प्रयोग गर्न बाध्य
काठमाडाैँ। राजधानी काठमाडाैँमा भारतीय अतिक्रमणको बिरूद्ध आवाज चर्को उठिरहेको छ तर दार्चुलाको छांगु्र र र टिंकर गाउँका जनता जिल्ला सदरमुकाम खलंगासम्म पुग्न भारतकै बाटो प्रयोग गर्न बाध्य छन्। कारण छांगरुदेखि जिल्ला सदरमुकाम खलंगासम्म सम्म न सडक नै छ न त पदमार्ग नै । हिंउदको बेला हुने अत्याधिक जाडो छल्न छांग्रु र टिंकरका जनता बर्षेनि तल झर्नु पर्नेहुन्छ । त्यसकारण भारतीय बाटो प्रयोग गरी उनीहरु हरेक वर्ष जिल्ला सदरमुकाम खलंगा पुग्छन। छांंगु्र वडा नं १ का अध्यक्ष अशोक सिंह बोहराका अनुसार कोरोना महामारीका सिमानाका बन्द हुँदा हिउँदको बेला खालंगा झेरका ५०० जना अझै गाउँ जान पाएका छैनन् । उनीहरुको सामु सिमानाका…