मनोरञ्जन

नेपाल आइडल-४ विजेता भुपेन्द्र को हुन्, कसरी सफल भए ?

नेपाल आइडल-४ विजेता भुपेन्द्र को हुन्, कसरी सफल भए ?

भैरहवा - भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन ४ का विजेता बनेका छन् । गायन रियालिटी शो नेपाल आइडलमा तीनपटक सहभागी भई सिजन ४ को उपाधि जितेका उनी भैरहवाका स्थायी बासिन्दा हुन । पढाइका साथसाथै संगीतलाई एउटै रथको दुई पांग्रा जस्तै लगेका उनी तेस्राे प्रयासमा च्याम्पियन बनेका छन् । रुपन्देहीको सिद्धार्थनगर- ३ दरखसवामा बस्दै आएका थापा पूर्वभारतीय सैनिक सेरु थापा मगर र रत्ना थापा मगरका कान्छा छोरा हुन् । बुआ, आमा, दिदीसहित बस्दै आएका थापाले भैरहवाकै सनसाइन आवासीय विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरे । हाल उनी भैरहवा बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत छन् । पढाइसँगै खेलमा पनि रुचि राख्ने उनले सांगीतिक यात्रालाई…
Read More
पल शाहको खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग

पल शाहको खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग

काठमाडौं । अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ । जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरिदिन माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वले माग गरेको शाहको बैंक खाता विवरण अनुसार शाहको ग्लोबल आईएमई बैंकमा १६ लाख १० हजार २९१ रुपैयाँ र एनएमबी बैंकको खातामा ४ लाख २५ हजार रुपैयाँ छ । ‘उक्त रकम मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम…
Read More
पलको बयान : पीडितसँग प्रेम सम्बन्ध थिएन, करणीको आरोप झुट

पलको बयान : पीडितसँग प्रेम सम्बन्ध थिएन, करणीको आरोप झुट

काठमाडौं - अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो । १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध…
Read More
पल प्रकरणमा प्रियंका कार्कीले खोलिन् मुख

पल प्रकरणमा प्रियंका कार्कीले खोलिन् मुख

काठमाडौं । नायिका प्रियंका कार्कीले पनि पल शाह प्रकरणबारे मुख खोलेकी छन् । एक वाल गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणबारे कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राखेकी छन्। केही समय अघि फेसबुकमा एक स्टाटस लेख्दै नायिका कार्कीले नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन भन्दै आफ्नो धारणा राखेकी छन् । यस्तो छ कर्कीले फेसबुकमा लेखेको स्टाटस दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले ‘म पीडित हुँ’ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित…
Read More
पल शाह प्रकरण : व्यक्तिगत विषयसँग जोडेर चलचित्र क्षेत्रलाई बदनाम नगर्न आग्रह

पल शाह प्रकरण : व्यक्तिगत विषयसँग जोडेर चलचित्र क्षेत्रलाई बदनाम नगर्न आग्रह

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले अभिनेता पल शाहको विषयसँग जोडेर चलचित्र क्षेत्रलाई बदनाम नगर्न आग्रह गरेको छ । हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेको समाचार र सन्दर्भमा संघको ध्यान आकृष्ट भएको हो । व्यक्तिको विषयलाई लिएर पेसा र व्यवसायलाई आक्षेप लगाउँदै फलानो चलचित्रमा फलानो छ भन्दै दोषारोपण गर्नु खेदजनक भएको संछले जनाएको छ । व्यक्तिगत जीवन, पेशा र व्यवसाय फरक–फरक पाटो भएको भन्दै व्यक्तिको निजी विषयलाई लिएर पेशा र व्यवसाययलाई आक्षेप लगाउन नहुने संघले आग्रह गरेको हो । केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेको…
Read More
पल शाहविरुद्धको जाहेरी : नाबालिगलाई विवाहको प्रलोभन देखाएर करणी

पल शाहविरुद्धको जाहेरी : नाबालिगलाई विवाहको प्रलोभन देखाएर करणी

काठमाडाैँ – जिल्ला प्रहरी कार्यालय तनहुँमा करणी सम्बन्धी कसुरमा पल शाहविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । पीडित नाबालिग गायिकाकाे तर्फबाट उनको पिताले किटानी जाहेरी दर्ता गराएका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिन पुगेकी ती गायिकाले त्यहास्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । सोही सुझावअनुरुप ती गायिकाका बुवाले आज तनहुँ प्रहरीमा उजुरी दिएका हुन् । एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको ती गायिकाकाे आरोप छ । यस्तो छ जाहेरीमा उल्लेख विवरण : जाहेरवाला म कृषि पेसा व्यवसाय गरी श्रीमती, छोरी छोरा सहित ५ जनाको…
Read More
मितिभन्दा १२ हप्ता पहिल्यै जन्मिइन् छोरी, आमा बनिन् अभिनेत्री प्रियंका

मितिभन्दा १२ हप्ता पहिल्यै जन्मिइन् छोरी, आमा बनिन् अभिनेत्री प्रियंका

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीको मद्दतबाट एक छोरीकी आमा बनेकी छन्। सामाजिक सञ्जालमार्फत् उनले आफू सरोगेसीको मद्दतबाट आमा बनेको खबर सार्वजनिक गरेकी हुन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् आफ्नो बच्चा चिकित्सकले भनेको मितिभन्दा १२ हप्ता पहिल्यै जन्मिएको जानकारी दिएकी छन् । प्रियंकाले आफू आमा बनेको बताउँदै आफ्नो गोपनीयतालाई ख्याल गर्न भनेकी छन्। प्रियंकाका अनुसार निर्धारित अवधि अगावै जन्मिएकी छोरीलाई अमेरिकाको क्यालिफोर्नियाको एक अस्पतालमा राखिएको छ। बच्चाको स्वास्थ्य कमजोर भएकाले केही साता उनलाई अस्पतालमै राखिनेछ। सन् २०१८ मा गायक निक जोनससँग प्रियंकाले विवाह गरेकी थिइन्।
Read More
समीक्षाले भनिन् – ‘पलसँगको वास्तविक यथार्थ बाहिर ल्याउँछु’

समीक्षाले भनिन् – ‘पलसँगको वास्तविक यथार्थ बाहिर ल्याउँछु’

काठमाडौं : गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस अगाडिका आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र अनुरोधमा लेखिएको बताएकी छन् । उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको…
Read More
आमा-बाबुसँग अनुहार मिल्ने बलिउडका स्टार किड्स

आमा-बाबुसँग अनुहार मिल्ने बलिउडका स्टार किड्स

काठमाडौं । बलिउड जोडी अजय देवगन-काजोलका जेठी छोरी नायस हालका दिनमा आफ्नो ग्ल्यामरस तस्बिरका कारण चर्चामा छिन् । नायसाले हालै कालो पहिरन लगाएकी थिइन्, जुन तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उनलाई आमा काजोलजस्तै देखिएको छ । त्यसो त नायसाअघि कैयौं स्टार किड्स परिवारका जस्तै देखिएका छन् । अभिनेता सैफ अलि खान र अमृता सिंहका छोरा इब्राहिम हुबहु पिता जस्तै देखिन्छन् । हालैमात्र इब्राहिमले एक फोटोसुट गराएका थिए, जुन तस्बिरमा उनी युवा सैफजस्तै देखिएका छन् । अमृता र सैफकी जेठी छोरी सारा अलि खान आमाजस्तै देखिन्छिन् । साराको तस्बिरको तुलना प्रायः अमृताको पुरानो तस्बिरसँग गरिन्छ । अभिनेता शाहरुख खान…
Read More
नायिका रेखा थापा विवाह बन्धनमा बाँधिदै

नायिका रेखा थापा विवाह बन्धनमा बाँधिदै

काठमाडौँ – नायिका रेखा थापाले आउने वैशाखमा बिहे गर्ने तयारी गरेकी छन्। चलचित्र निर्माता छविराज ओझासँग एक दशकअघि सम्बन्ध विच्छेद गरेकी रेखाले दोस्रो विवाह गर्न लागेकी हुन्। त्यसयता मित्रपार्कस्थित अपार्टमेन्टमा बसिरहेकी रेखा स्वयंले आफू अर्को घरजम गर्ने तयारीमा रहेको जानकारी यसअगाडि नै सार्वजनिक गरिसकेकी छन्। तर उनले आफ्नो बिहे आउने वर्ष हुने मात्र भनेकी छन्। स्रोतका अनुसार उनले नयाँ वर्षको वैशाखमै बिहे गर्ने तयारी गरिरहेकी छन्। धेरै तामझाम नगरी सामान्य तरिकाले बिहे गर्ने योजनामा रेखा रहेको स्रोतको भनाइ छ। रेखा केही समयदेखि प्रेममा छिन्। रेखाले तिनै प्रेमीसँग बिहे गर्ने भएकी हुन्। तर उनका प्रेमीको नाम अहिलेसम्म खुलाएकी छैनन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.