गण्डकी प्रदेश

७ हजार ५९ नेपाली गण्डकी प्रदेश भित्रिए

७ हजार ५९ नेपाली गण्डकी प्रदेश भित्रिए

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भारतमा रोजगारीका लागि गएका गएका ७ हजार ५९ जना बन्दाबन्दीकै बीचमा गण्डकी प्रदेशमा प्रवेश गरेको बताएका छन् । गण्डकी प्रदेशमा जारी छेटौं अधिवेशनको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यो जानकारी दिएका हुन् । मन्त्री चुमानका अनुसार हिजो मात्रै ३ सय १ भारतबाट र तेस्रो मुलुकबाट २८ जना गण्डकी प्रदेश छिरेका छन् । बाह्य मुलुकबाट प्रदेश आउनेहरको संख्या बढ्दै जान थालेपछि गण्डकीका क्वारेन्टिन भरिभराउ हुन थालेको उनले सुनाए । ‘संक्रमित संख्या बढी रहेको छ, मैले पाएको जानकारी अनुसार आज बिहानसम्म ११५ पुगेको छ,’ उनले भने । सोमबार बिहान…
Read More
चारकुनेमा ज्येष्ठ नागरिक भवन बन्ने

चारकुनेमा ज्येष्ठ नागरिक भवन बन्ने

तनहुँ । व्यास नगरपालिका–१ चारकुनेमा जलेश्वर ज्येष्ठ नागरिक भवन शिलान्यास गरिएको छ । ज्येष्ठ नागरिक समाजका मानार्थ आजीवन सदस्य ९८ वर्षीय भीमबहादुर बस्नेतले उक्त भवनको आज शिलान्यास गर्दै तीनै तहका सरकारबाट अनुदान प्राप्त भई समयमा भवन निर्माण होस् भन्ने कामना गरे । गण्डकी प्रदेश सरकारद्वारा रु १० लाख विनियोजन भएपछि आधारभूत स्वास्थ्यचौकी नजीक रहेको करीब तीन आना क्षेत्रफलमा ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागिएको हो । वडाभित्र बस्ने स्थान नहुँदा ज्येष्ठ नागरिकहरु करीब दुई किलोमिटर हिँडेर दमौली बजार नजीक रहेको बिपी वनवाटिकास्थित बेलचौतारामा जाने गरेको जलेश्वर ज्येष्ठ नागरिक भवन निर्माण समितिका अध्यक्ष गणेश जिसीले जानकारी दिए । यसैबीच सोही वडास्थित…
Read More
थप एक कोरोना संक्रमितको मृत्यु

थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडाैं । काेराेना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्याङ्जाका कोरोना संक्रमित एक वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको हो । संक्रमित पुरुषमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । स्याङ्जाको वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Read More
गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना सङ्क्रमित

गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना सङ्क्रमित

गलकोट । गण्डकी प्रदेशमा आइतवार बिहान ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले आइतवार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकी प्रदेशका चार जिल्लामा थप ३८ सङ्क्रमित भएको पुष्टि गरे । थप भएका ३८ सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ११३ पुगेको छ । कोरोना पुष्टि हुनेमा बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ र २६ वर्षीय तथा एक जना उमेर नखुलेका पुरुष र ढोरपाटन नगरपालिकाका २६ वर्षीय एक पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाको वालिङ…
Read More
फोन गर्नलाई घाम पर्खनुपर्ने

फोन गर्नलाई घाम पर्खनुपर्ने

काठमाडौं । फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने बाध्यता रहेको छ । निकै चिसो मौसम हुने यस क्षेत्रमा बिरलैमात्र घाम लाग्ने भएकाले सञ्चारको पहुँच राम्रोसँग पुग्न सकेको छैन । नेपाल टेलिकमले ढोरपाटनवासीलाई लक्षित गरी थ्रिजी क्षमताको टेलिकम टावर स्थापना गरेपनि पर्याप्त विद्युत् अभावमा टावर सञ्चालनमा समस्या आएपछि स्थानीयवासीले फोन गर्नका लागि समस्या झेल्दै आएका छन् । केन्द्रीय प्रसारण लाइन नपुगेको विकट क्षेत्र ढोरपाटनमा सोलारको माध्यमबाट टावर चलाउँदा…
Read More
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
Read More
गण्डकीको आत्मनिर्भर  नीति

गण्डकीको आत्मनिर्भर नीति

गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्व बढाउँदै कृषिमा आत्मनिर्भर हुने नीति लिएको छ । प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि कृषि नीति तथा गुरुयोजना तर्जुमा गरिने उल्लेख छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरणका कार्यक्रम प्रवद्र्धन गरिने प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । कृषि तथा पशुपक्षीजन्य उपजको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुख्य–मुख्य उत्पादनमा आत्मनिर्भर हुन उन्नत जात, नश्ल र प्रविधिको प्रयोगलाई विस्तार गरिने सरकारको योजना छ । ‘एक पालिकाः एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न बाली, पशुपक्षी तथा मत्स्यपालनका पकेट तथा ब्लक विस्तार गरिने सरकारले…
Read More
११ सय ६० घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

११ सय ६० घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

गण्डकी प्रदेश सरकारले प्रदेशभित्र राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका स्थानमा सरकारी अनुदानमा सौर्य ऊर्जा व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखा जिल्लाका सात स्थानीय तहका एक हजार १६० घरधुरीमा सरकारी अनुदानमा सौर्य ऊर्जाको व्यवस्था गरिने बताए । यसै वर्ष ‘गण्डकी प्रदेश : उज्यालो प्रदेश’ घोषणा गर्ने प्रदेश सरकारको सङ्कल्प कोरोनाका कारण प्रभावित भएको बताउँदै उनले उक्त कार्य आगामी वर्ष पूरा गरिने जानकारी दिए । नेपाल सरकारसँगको सहकार्यमा गोरखा, नवलपुर, लमजुङ, मनाङ,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.