राजनीति

नेपाल–भारत सम्बन्धबारे छलफल

नेपाल–भारत सम्बन्धबारे छलफल

राजनीति
काठमाडाैं । भारत भ्रमणमा रहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले बुधबार भारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ । नयाँदिल्लीमा भएको उक्त भेटमा दुवै पक्षले ऐतिहासिक एवं बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा दुवै देशका जनताबीचको सम्पर्कलाई घनीभूत बनाउनेबारे छलफल गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलले बुधबार नै लोकसभाका अध्यक्ष ओमवीर लकोटासँग भेटवार्ता गरेको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा अन्य सदस्यहरु बुधबार दिल्लीस्थित् लोकसभा भवनमा पुगेर त्यहाँका सभामुखसँग छलफल गरेका हुन्। लोकसभा भवनमा समितिका प्रतिनिधिमण्डलहरूलाई लोकसभाका सभामुख ओम बिरालाले...
चिनियाँ नेताले बिर्सिए ‘साइलेन्स डिप्लोम्यासी’

चिनियाँ नेताले बिर्सिए ‘साइलेन्स डिप्लोम्यासी’

राजनीति
काठमाडौँ । चिनियाँ कूटनीतिलाई संसारभरि ‘साइलेन्स डिप्लोम्यासी’ का रुपमा लिने गरिन्छ । तर, नेकपा माओवादी केन्द्रको निमन्त्रणामा नेपालको चारदिने भ्रमणमा आएकी चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागकी उपमन्त्री सुन हैयान अलि आक्रामक सुनिइन् । आइतबार सोल्टी होटलमा आयोजना गरिएको नेपाली नेताहरुसँगको अन्तरक्रियामा यी चिनियाँ नेताले नेपाली सञ्चार माध्यमबाट बीआरआईबारे भ्रम फैलाउने काम भइरहेको गुनासोसमेत गर्न भ्याइन् । श्रीलंकामा चिनियाँ ऋणबाट सञ्चालित बन्दरगाहले देशलाई ऋणमा डुबाएको भन्दै नेपालमा पनि चिनियाँ ऋणबारे बेलाबखत बहस हुने गरेको छ । तर, यो बहसबाट चिनियाँहरु असन्तुष्ट रहेछन् भन्ने सन्देश सुन हैयानको अभिव्यक्तिबाट छर्लङ्ग भएको छ । सोल्टी होटलमा आयोजित कार्यक्रममा चिनियाँ नेता सुनको भनाइ थियो, ‘नेता र चीनबीचको सम्बन्धमा भ्रम उत्पन्न गर्न खोजिएको छ, हाम्रोबीचमा खेल्न खोज्नेहरु धेरै छन...
नेपालका कम्युनिस्टलाई मिलाउन चिनियाँ सक्रियता

नेपालका कम्युनिस्टलाई मिलाउन चिनियाँ सक्रियता

राजनीति
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीकी उपमन्त्री सुन हायानको टोली मालदिभ्सबाट बँगलादेश हुँदै नेपाल आयो । मालदिभ्समा चीनले आफू अनुकूलको मोहम्मद मिज्जूलाई राष्ट्रपति बनाउन सफल भएसँगै भ्रमण भएको हो । मिज्जुले राष्ट्रपति भएपछि विदेश भ्रमण भारतबाट सुरु गर्ने मालदिभ्सको परम्परालाई परिवर्तन गर्दै चीनबाट भ्रमण सुरु गरे । उनी यसै महिना चीन पुगेर फर्किए । भारतसँग मिज्जु सरकारको तनाव बढेको छ । ठिक त्यही समयमा चिनियाँ उपमन्त्री माले पुगेर महत्वपूर्ण सम्झौता गरिन् । त्यहाँबाट पुनः चुनाव जितेकी बँगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटिन् । चीनले दक्षिण एशियामा आफ्नो प्रभाव बढाउन रणनीतिक सक्रियता बढाइरहेको छ । चिनियाँ उपमन्त्री हायान शुक्रबार नेपाल आएर महत्वपूर्ण भेटवार्ता गरिन् । शनिबार प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटिन् । तीनैजन...
नेपालमा चिनियाँ दौडधुप, परराष्ट्रविद् भन्छन्- आशंका सिर्जना हुन्छ

नेपालमा चिनियाँ दौडधुप, परराष्ट्रविद् भन्छन्- आशंका सिर्जना हुन्छ

राजनीति
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको निम्तोमा नेपालको चारदिने भ्रमणमा शुक्रबार काठमाडौं उत्रिएकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले त्यसयता राजनीतिक दलका शीष नेतृत्वसँग शृंखलाबद्ध भेटवार्ता गरिन् । अधिकांश राजनीतिक भेटमा चिनियाँ उपमन्त्रीको चासो थियो- नेपालमा सञ्चालित चिनियाँ परियोजना । भेटका क्रममा उनले नेपालमा सञ्चालित परियोजनामा देखापरेका समस्या समाधानका लागि पहल लिइदिन नेताहरुलाई आग्रह गरिन् । गत पुसमा मात्रै सरकारले निर्माणमा ढिलाइ गरेको भन्दै त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको जिम्मा लिएको चिनियाँ कम्पनी सुइफा एएन एचई ग्रुपसँगको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । यस्तै, चिनियाँ कम्पनीले जिम्मा लिएका चक्रपथ दोस्रो खण्डको काम पनि साइट क्लियरेन्स नहुँदा अघि बढ्न सकेको छैन भने उत्तर-दक्षिण करिडोरको काम पनि हुन सकेको छैन । य...
धन्यवाद दिदै मोदीले भने- नेपालसँगको मित्रताको कदर गछौँ

धन्यवाद दिदै मोदीले भने- नेपालसँगको मित्रताको कदर गछौँ

राजनीति
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई धन्यवाद दिएका छन् । भारतको गणतन्त्र दिवसको अवसरमा नेपालले दिएको शुभकामनामा मोदीले धन्यवाद दिएका हुन् । सामाजिक सञ्जाल एक्स मार्फत ट्विट गर्दै धन्यवाद दिएका हुन् । सामाजिक सञ्जाल एक्समा मोदीले लेखेका छन् : धन्यवाद @PM_nepal_ तपाईको गणतन्त्र दिवसको शुभकामनाको लागि। भारतले नेपालसँग लामो समयदेखिको मित्रताको कदर गछौँ ।...
भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए शुभकामना

भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए शुभकामना

राजनीति
काठमाडाैं । भारत आज ७५ औं गणतन्त्र दिवस मनाइरहेको छ । यो दिवस नेपालमा पनि मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावामा विशेष कार्यक्रम गरेर दिवस मनाइएको हो । दिवसका अवसरमा भारतको निकटतम छिमेकी नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उच्च सरकारी अधिकारी र दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले दिवसका अवसरमा भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई शुभकामना व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री मोदी र भारतीय जनताको सुस्वास्थ्य, शान्ति तथा समृद्धिको कामना गरेका छन् । यस अवसरमा नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास पनि प्रधानमन्त्री दाहालले व्यक्त गरेका छन् । यस्तै परराष्ट्रमन्त्री एनपी साउदले पनि दिवसका अवसरमा भारतीय समकक्षी विदेशमन्त्री डा. एस जयशंकरलाई सम्बोधित गर्दै बधाई तथा शभकामना व्यक्त ग...
काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७५ औं गणतन्त्र दिवस

काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७५ औं गणतन्त्र दिवस

राजनीति
काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७५ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई पनि शुभकामना दिए । कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत समेत गरिएको थियो। राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिशन बारे चर्चा गरेकी थिइन् । कार्यक्रममा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु ५.०७ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए। दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय वि...
चिनियाँ बिआरआई ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन

चिनियाँ बिआरआई ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन

राजनीति
वीरगन्ज । चीनको विरोधमा वीरगन्जमा प्रदर्शन भएको छ । चिनियाँ महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको लागि ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन भएको हो । राष्ट्रिय एकता अभियान, विरगंजले चिनियाँ ऋणजाल विरुद्ध सचेतना र्याली निकाल्दै प्रदर्शन गरेको हाे । अभियानका राष्ट्रिय विद्यार्थी परिषदका संयोजक विवेक कुशवाहाको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा पोखरा विमानस्थललाई ऋणजालबाट मुक्त गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, नेपाल–चीनबिच भएको बिआरआई सम्झौता खारेज गर, चिनियाँ हस्तक्षेप बन्द गर लगायका चीन विरोधी नारा लगाइएको थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थलको चिनियाँ ऋण अनुदानमा परिणत गरियोस् भन्दै मुख्य मागसहित निकालिएको र्याली विरगंजको माइस्थान मन्दिर अगाडिबाट सुरु भइ नगरपरिक्रमा गरी घण्टाघरमा पुगेपछि कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै प्रमुख अतिथि अभियानका केन्द्रीय...
राम मन्दिर निर्माणका लागि देउवाले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

राम मन्दिर निर्माणका लागि देउवाले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

राजनीति
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । देउवाले मंगलबार एक्समा लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटन भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई । प्राण प्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायीहरूको लागि गौरवको क्षण हो। जय श्री राम!' सोमबार राम मन्दिरमा अभिषेक भएको बेला नेपालका धेरै ठाउँमा दीपोत्सव भइरहेको तस्विरहरू बाहिर आएका थिए । जनकपुरधाममा साँझ दीप प्रज्वलन गरिएको थियो । राम मन्दिर मंगलबार पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिरमा आज बिहानैदेखि दर्शनका लागि भक्तजनको भीड लागेको छ । Congratulations to Prime Minister @narendramodi Ji on the inauguration of Ayodhya Ram Mandir. The sacred Prana Pratishtha ceremony sig...
प्रधानमन्त्री प्रचण्ड खुलेरै चीनकाे पक्षमा उभिए

प्रधानमन्त्री प्रचण्ड खुलेरै चीनकाे पक्षमा उभिए

राजनीति
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक चीन नीति मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन् । आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ताइवानको बारेमा नेपालको सुरुदेखिकै नीति चीनकै अंग हो भन्ने रहेको स्पष्ट पारेका हुन् । उनले ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडगमगाउने दाबी गरे । उनले भने, ‘ताइवानको कुरा पनि जोडेर राख्नुभयो । ताइवानको विषयमा नेपालको सुरुदेखिको नीति के हो भने एक चीन नीति भन्दा ताइवान पनि चीनकै अंग हो भन्ने नीति नेपालको सुरुदेखि नै रही आएको छ । त्यो भन्दा बाहिर हामीले बनाएका छैनौँ । एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ ।’ प्रधानमन्त्री दाहालले ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको...