पत्रपत्रिका

अनअराइभल भिसा खुला

अनअराइभल भिसा खुला

पत्रपत्रिका
काठमाडौं । सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो । भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । त्यस्तै नेपालमा होटल बुक गरेको प्रमाण, सीसीएमसीको वेबसाइटमा लगइन गरी अनलाइन फाराम भरेको प्रिन्टप्रति पनि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । आदेशअनुसार नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको नेपालस्थित अध्यागमनमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुप...
डिआइजी रञ्जितकारको नाममा घुस मागिएको अडियो सार्वजनिक, के हो वास्तविकता ?

डिआइजी रञ्जितकारको नाममा घुस मागिएको अडियो सार्वजनिक, के हो वास्तविकता ?

Featured, पत्रपत्रिका
जनकपुरधाम । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रन्जितकारको नाममा घुस मागिएको छ। रौतहटको गरुडा–८ बसबिटी जिंगडीस्थित नेपाल पुलिस स्कुलमा कार्यरत एक शिक्षकलाई स्थायी गर्न छ लाख रूपैया घुस मागिएको हो। सो अडियो सार्वजनिक भएको छ। पैसा दिएको भोलिपल्टै स्थायी नियुक्ति गराइदिने भन्दै एक महिलाले डिआइजी उमेश रन्जितकारको नाममा छ लाख रूपैयाँ माग गरेको अडियोसहित उजुरीसमेत परेको छ। विगत पाँच वर्षदेखि पुलिस स्कुलमा करारमा काम गरिरहेका पर्साका उदेशकुमार पाण्डेसँग स्थायी दरबन्दीमा शिक्षक बनाइदिने भन्दै शर्मिला थापा दाहालले प्रदेश २ प्रहरी प्रमुख डिआइजी रन्जितकारको नाममा मोलमोलाइ गरेकी थिइन्। उनीसँग यो विषयमा बुझन खोज्दा सम्पर्क हुन सकेन। तर डिआइजी रन्जितकारले ती महिला आफूले नचिनेको बताए। ‘मैले ती महिला चिनेको छैन उनले मेरो नाममा कसरी पैसा मागिन् म ती महिलाको खोजी गरिर...
बजेट पारित गरेपछि संसद् के हुन्छ ?

बजेट पारित गरेपछि संसद् के हुन्छ ?

पत्रपत्रिका
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बजेट पारित भएपछि अन्त्य गरिने सम्भावना बढ्दै गएको छ। वडा दसैँ नजिँकदै गएकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने अवस्था आउने देखिन्छ। सरकारले यस विषयमा कुनै जानकारी नदिए पनि संसद्मा प्रतिपक्षले नाराबाजी गरिरहेका कारण बजेट पारित भएपछि अधिवेशन अन्त्य हुने सम्भावना बढेको हो । संसद्मा प्रतिपक्षी एमालेले अवरोध गर्दै आएकाले संसद्मा होहल्लाबीच बजेट पारित गर्ने तयारी छ। एमालेले प्रतिनिधिसभामा नाराबाजी गर्ने र राष्ट्रियसभामा उठेर विरोध गर्ने रणनीति लिएको छ। जस अनुरूप बिहीबार पनि एमालेले सोही क्रियाकलाप अपनाउने एमालेका एक नेताले बताए। प्रतिनिधिसभाले बिहीबार आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने भएको छ। राष्ट्रियसभाको बिहीबारको बैठकमा यसअघि ४ गते प्रतिनिधिसभाले पारित गरेर पठाएको विनियोजन विधेयमाथि छलफल गर्ने, छलफलमा उठ...
‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

पत्रपत्रिका
काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ घोषणा गरेका थिए । सरोकारवाला पक्ष र विज्ञहरूले यसको आलोचना गरेका हुन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी नियामक निकाय, अनुसन्धानकर्ता, कानुन व्यवसायी, अर्थविद् एवं सम्बन्धित सरोकारवालाहरूले अवैध किसिमले आर्जन गरिएको कालोधन ९स्रोत नखुलेको रकम० शुद्धीकरणको पक्षमा सरकार नै लागेको आरोपसमेत लगाएका छन् । उनीहरूले नेताहरूले अर्बपति माफिया पालेको, त्यस्ता माफियाले नेता, कर्मचारी, व्यापारी र लेखा परीक्षकको सहयोगमा अवै...
दशैंको अग्रिम टिकट खुलाउने तयारी

दशैंको अग्रिम टिकट खुलाउने तयारी

पत्रपत्रिका
काठमाडौं । यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यहरूलाई बिहीवार विभागमा डोकेको छ । दशैंको समयमा काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेको संख्या ह्वात्तै बढ्ने भएकाले विभागले हरेक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ । प्रत्येक वर्ष करीब २० लाखले काठमाडौं छाड्ने गरेकोमा अघिल्लो वर्ष कोभिड संक्रमणको त्रासका कारण टिकट काटेर ५ लाख मात्रै बाहिरिएका थिए । यातायात व्यवसायीले सीट संख्याभन्दा बढी यात्रु लगेकाले उक्त संख्या करीब ८ लाख भएको अनुमान गरिएको थियो । कोभिड संक्रमणको त्रास कायमै रहेको भए पनि यस वर्ष दशैंका लागि काठमाडौं छाड्नेहरू गतवर्षको भन्दा दोब्बर हुने अनुमान गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । ‘अग्रिम टिकट खुलाउ...
बजेट खर्चको मोडालिटी बदल्दै सरकार

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

पत्रपत्रिका
काठमाडौं । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि सरकारी अधिकारीहरूबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता गर्ने गरे पनि खर्च प्रणाली सुध्रन सकेको छैन । बजेट खर्चमा सुधार नभएपछि सरकारले समस्या खोतल्दै खर्चको मोडालिटी बनाउनेदेखि मन्त्रालयहरूलाई थप अख्तियारी दिनेसम्मको तयारी थालेको हो । अर्थमन्त्री जनार्दन शर्माका अनुसार बजेट खर्चलाई सुधार्न प्रत्येक महीना १० प्रतिशतका दरले बजेट खर्च गर्नेगरी नीति बनाउन लागिएको छ । खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्ति सच्याउने गरी अर्थ मन्त्रालयले गृहकार्य थालिसकेको छ । ‘प्रत्येक महीना कम्तीमा १० प्रतिशत बजेट खर्च गर्नुपर्छ भत्रे नीति मैले निर्माण गरिरहेको छु, प्रत्येक महीना १०र१० प्रतिशत खर्च गर्दा पनि १० महीनामा सय...
कांग्रेसमा क्रियाशील सदस्यता विवाद : मन्त्रीले पिटे कार्यकर्ता

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : मन्त्रीले पिटे कार्यकर्ता

पत्रपत्रिका
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुर्व्यवहार गरेका छन्। सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुर्व्यवहार गरेका हुन् । सर्लाही–४(क)बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका थिए। सदस्यताका विषयमा विवाद उत्पन्न भएपछि उनलाई पार्टीका अन्य नेताहरूले मन्त्री जस्तो मान्छे यस्तो गर्ने हो भन्दै त्यहाँ रहेका अन्यले रोकेका थिए। सदस्यताको विषयमा समस्या उत्पन्न भएपछि केही समयअघि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामाको घोषणासहित पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए। त्यहाँको सदस्यता विवाद अझै सुल्झेको छैन । यो समाचार नागरिक दैनि...
नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री देउवाको तयारी

नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री देउवाको तयारी

पत्रपत्रिका
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। परराष्ट्रमन्त्री नियुक्त नहुँदा राष्ट्रसंघ र सार्कको मन्त्रिस्तरीय बैठकमा सहभागिता जनाउन पनि समस्या हुने भएपछि देउवाले मन्त्री नियुक्त गर्न लागेका हुन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलवार साँझ बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्तिका लागि प्रस्ताव गरेका थिए। उक्त मन्त्रालय कांग्रेसले नै राख्ने भन्दै गठबन्धनका दलहरूसँग सहमति खोजेका थिए। गठबन्धनका अन्य दलहरूले पनि उक्त मन्त्रालय दाबी गर्दै आएपनि कांग्रेसलाई उक्त मन्त्रालय दिन गठबन्धनका नेताहरू सहमत भएको स्रोतको दाबी छ। प्रधानमन्त्री देउवाले पार्टी केन्द्रीय सदस्य नारायण खड्कालाई उक्त मन्त्रालयको जिम्मेवारी दिने पनि गठबन्धनका नेताहरूलाई जानकारी गराएको दाबी गरिएको छ। तर, कांग्रेसका नेताहरूले भने परराष्ट्र मन्त...
सात औषधि पसल कारबाहीमा

सात औषधि पसल कारबाहीमा

पत्रपत्रिका
काठमाडौं । सात औषधि पसल निलम्बनको कारबाहीमा परेका छन्। औषधि व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गरेर साउनभित्र कारबाहीमा परेका पसलहरूको सूची सार्वजनिक गरेको हो। कारबाहीमा पर्ने औषधि पसलहरूमध्ये काठमाडौंका प्रवीण मेडिकल हल, नूतन फर्मा, चौलागाईं फर्मा, सर्वोच्च मेडिकल हल र ग्रिसा फार्मेसी छन्। ललितपुरको प्राकृतिक हर्वास्युटिकल्स प्रालि र पर्साको श्री भाजुरत्न फर्मा प्राइभेट लिमिटेड पनि हुन्। यी औषधि पसललाई ३० दिन निलम्बन गरिएको विभागले जनाएको छ। अनुमतिपत्र नवीकरण नगरेका भारतीय कम्पनीको औषधि आयात गरेकाले भाजुरत्न फर्मालाई निलम्बन गरिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए। उनका अनुसार बाँकी ६ वटा औषधि पसललाई भने तालिम तथा शैक्षिक योग्यता नभएका व्यक्तिलाई औषधि बिक्रीवितरणमा राखेका कारण कारबाही गरिएको हो। दक्ष जनशक्तिबिना औषधी बिक्री गर्नु भनेको ठूलो अपराध भएकाले सरक...
अख्तियारद्वारा एक सय बढीसँग बयान

अख्तियारद्वारा एक सय बढीसँग बयान

पत्रपत्रिका
काठमाडौं । कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएर छानबिन गरिरहेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गामा जस्तै अनियमितता भएको पाइएपछि अख्तियारको टोलीले विशेष छानबिन र अनुसन्धान गरेको हो । यसै क्रममा अख्तियारले जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको आशंका गरिएका कर्मचारी तथा जग्गा कारोबार गर्नेहरूलगायत १०० जनाभन्दा बढीसँग बयान लिएको छ । जग्गा अनियमितताको विषय छानबिनका लागि भदौ तेस्रो साता कञ्चनपुर आएको अख्तियारको टोलीले उनीहरूसँग बयान लिएको हो । महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्रीवितरण र लिजमा दिएका थिए । ६ सय ३८ बिघा जमिन रहेको सो समितिलाई हाल भीमदत्त नगरपालिकाको ...